काठमाडौं । नेकपा (एमाले) को वेबसाइट ह्याकरबाट फिर्ता आएको छ । शुक्रबार अपराह्न साइबर आक्रमणमा परेको वेबसाइट अहिले सामान्य अवस्थामा सञ्चालनमा आएको हो ।
आक्रमणकारीले वेबसाइट नियन्त्रण लिई पेजमा ‘Hacked for Justice’ लेखेर राजनीतिक चेतावनीपूर्ण सन्देश राखेका थिए । ह्याक भएको समयमा एमालेको मुख्य साइटसँगै निकट संस्था नेपाल बुद्धिजीवी परिषद्को साइटमा पनि आक्रमण भएको थियो ।
ह्याकरले वेबसाइटमा ‘Official Site Warning’, ‘Parliamentary Integrity Directive - Immediate Effect’ जस्ता सन्देश राखेका थिए । साथै, श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको नाम उल्लेख गर्दै ‘Final Notice - Do Not Interfere’ (अन्तिम सूचना - हस्तक्षेप नगर्नू) भन्दै चेतावनी दिएका थिए ।
साइबर सुरक्षा विज्ञहरूका अनुसार ह्याकरले वेबसाइटको सीप्यानलमा कमजोरीको फाइदा उठाएर अनधिकृत पहुँच जमाएको देखिन्छ । डेटा चोरी भए/नभएको विषयमा भने एमालेले जानकारी दिएको छैन । अहिले वेबसाइटमा समाचार, सूचना तथा दस्तावेजहरू अपडेट भएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ २३, २०८३ १४:०
