close

अन्तर्राष्ट्रिय साइन्स ओलम्पियाडमा सहभागी ३९ जना सम्मानित, जनवरीबाट नयाँ आवेदन खुल्ने

टेकपाना टेकपाना

पुस १४, २०७६ १९:२४

अन्तर्राष्ट्रिय साइन्स ओलम्पियाडमा सहभागी ३९ जना सम्मानित, जनवरीबाट नयाँ आवेदन खुल्ने

इन्टरनेश्नल साइन्स अफ ओलम्पियाडमा सहभागी भएका ३९ जना विद्यार्थीलाई सम्मान गरिएको छ । स्टिम फाउन्डेसनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान–नास्टको सभाहलमा आयोजित एक कार्यक्रमबीच प्रतिस्पर्धी विद्यार्थी सम्मानित भएका हुन् ।

कार्यक्रममा नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले यस किसिमका कार्यक्रममा सहभागी हुने क्रममा नास्टको विशेष कोषका लागि आवेदन दिन सुझाव दिएका छन् । फाउण्डेसनले २०१७ देखि प्रत्येक वर्ष विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय विज्ञान ओलम्पियाडमा सहभागीता जनाउँदै आएको छ ।

विज्ञान विषयको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको रुपमा रहेको ओलम्पियाडमा स्कुल तहदेखि उच्च माध्यमिक तहसम्म अध्ययनरत २० वर्ष मुनिका विद्यार्थीहरु सहभागी हुन पाउँछन् । भौतिक शास्त्र, जीव विज्ञान, रसायन शास्त्र, गणीत, भूगर्भ शास्त्र, ज्योतिष विज्ञान, रोबोटिक्स लगायतका विषयका विद्यार्थी आदी विषयको अन्तराष्ट्रिय प्रतिस्पर्धामा प्रत्येक वर्ष फरक फरक मुलुकमा हुने गर्छ ।

प्रतिस्पर्धामा सहभागी हुने विद्यार्थीलाई फाउण्डेसनले प्रशिक्षण गराउनुका साथै सहजीकरणको व्यवस्था गर्दै आएको छ । फाउण्डेसनका अध्यक्ष सर्जन बीसीले प्रतियोगीतामा सहभागी हुन चाहने विद्यार्थीहरुले सामाजिक सञ्जाल तथा स्टिम फाउण्डेसनको वेबसाइटमामार्फत आवश्यक जानकारी लिन सकिने बताए । प्रतियोगीतामा सहभागी हुने विद्यार्थीले नै आवश्यक खर्च व्यहोर्नुपर्ने हुन्छ ।

नेपालबाट हालसम्म तीनजनाले काँस्य पदक जितिसकेका छन् । जसमध्ये एक जना एस्ट्रोनोमिकल ओलम्पियाडबाट र दुईजना स्टिम फाउण्डेसनबाट सहभागी भएका थिए । प्रतियोगीतामा सहभागी भएर अवार्ड प्राप्त गर्ने विद्यार्थीहरुले छात्रवृति तथा फेलोसिप समेत पाउने बिसीले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१