close

फेसबुकले सुरु गर्यो पोष्टमा लाइक संख्या नदेखिने फिचर

टेकपाना टेकपाना

असोज १०, २०७६ ९:५२

फेसबुकले सुरु गर्यो पोष्टमा लाइक संख्या नदेखिने फिचर


यदी अरु कसैको पोष्टमा धेरै लाइक छ भने तपाईलाई इर्ष्या महसुस हुनसक्छ । त्यसैगरी तपाईको पोष्टमा त्यति धेरै लाइक आएन भने आफू लज्जित ठान्नुहुन्छ । लाइक कम आउँदा तपाईलाई आफू चर्चित बन्न नसकेको डरले सताइरहेको हुन्छ । यसरी जब तपाई अरुको पोष्टमा भएजत्तिकै लाइक बटुल्ने दौडको प्रतिस्पर्धामा लाग्नुहुन्छ, त्यसले तपाईको जीवनलाई व्यर्थ बनाइरहेको हुन्छ ।


हो त्यसैले त फेसबुकले औपचारिक रुपमै पोष्टमा आउने लाइकको गणना गर्ने फिचर नदेखिने बनाउँदैछ । त्यसअनुसार आजदेखि अस्टेलियामा यो फिचर सुरु भएको छ । नयाँ फिचरमा पोष्ट गर्ने व्यक्तिले भने कति लाइक प्राप्त भयो भन्ने विषय थाहा पाउन सक्छन् भने अरुले देख्न पाउनेछैनन् ।

लाइक गर्ने सुविधा भने यद्यपी कायमै रहनेछ । पोष्टमा आएको रियाक्सन देख्न तथा कमेन्ट पढ्न पनि अरुले पाउनेछन् । रियाक्सनसँगै लाइक गर्ने केही व्यक्तिको नाम र कमेन्टको गणना समेत अहिलेजस्तै देखिनेछ ।


यसबाट फेसबुक प्रयोगकर्ताले आफूलाई सामाजिक सञ्जालमा प्रस्तुत गर्न सहज महशुस गर्ने विश्वास लिइएको छ । लाइकको संख्या भन्दा पनि प्रयोगकर्ताले सेयर गर्ने विषयवस्तुको गुणस्तर तथा त्यसले प्रयोगकर्तालाई एक अर्काको ख्याल गर्न र सम्पर्कमा बाँध्न सघाउने फेसबुकको अपेक्षा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३