close

यी हुन् प्रचलनमा रहेका यूएसबी केबल, तपाई चाहिँ कुन प्रयोग गर्दै हुनुहुन्छ ?

टेकपाना टेकपाना

असोज २३, २०७६ १४:०

यी हुन् प्रचलनमा रहेका यूएसबी केबल, तपाई चाहिँ कुन प्रयोग गर्दै हुनुहुन्छ ?

अहिलेको समयमा तपाईले यूएसबी (युनिभर्सल सिरियल बस) केबल जताततै देखिरहनुभएको छ होला । तपाई हामी मध्ये धेरैजसोले त्यस्ता केबलहरुलाई स्मार्टफोन, ट्याब्लेट, क्यामेरा लगायतका डिभाइस चार्ज गर्ने, ती डिभाइसलाई कम्प्युटरसँग जोड्ने लगायतका काममा प्रयोग गरिरहेका हुन्छौँ ।

प्राय: समान किसिमको प्रयोजनमा आउने यूएसबी केबलहरु आकार प्रकारका हिसावले भने विविध स्वरुपमा देखा परिरहेका छन् । यसै सन्दर्भमा यहाँ हामीले बजारमा उपलब्ध विविध प्रकारका यूएसबी केबलको प्रयोगका विषयमा केही जानकारी दिने कोसिस गरेका छौँ ।


यूएसबी टाइप–ए


यूएसबी टाईप ए प्रायः सबैजसो यूएसबी केबलहरुको एक छेउतर्फ रहने एकदमै साझा कनेक्टर बनिसकेको छ ।स्मार्टफोन, क्यामेरा, किबोर्ड, माउस, कम्प्युटर लगायतका डिभाइसलाई एक आपसमा जोड्न तथा ग्याजेट्स चार्ज गर्नमा यूएसबी केबलको प्रयोग भइरहेको हुन्छ ।

यूएसबी टाइप– बी


यो यूएसबी केबल भने अन्य यूएसबी केबलजस्तो सामान्य रुपमा देखा भने पर्दैन । यूएसबी टाइप बी केबल प्रिन्टर र स्क्यानरलाई कम्प्युटरसँग जोड्नका लागि प्रयोग भइरहेको हुन्छ । यो केबलको आयाताकार स्वरुपमा एकापट्टी थोरै धार मोडिएको हुन्छ । विद्यमान अवस्थामा समेत प्रचलनमा रहेको टाइप बी यूएसबी विस्तारै विस्थापन हुने क्रममा रहेको छ ।

मिनी यूएसबी


धेरै किसिमका डिभाइसहरुमा प्रयोग हुने मिनी यूएसबीलाई करीब करीब माइक्रो यूएसबीले विस्तापित गरेको मान्नुपर्छ । तपाईले यो यूएसबीलाई विविध किसिमका विशेषगरी क्यामेरा, एमपीथ्री प्लेयर, गेम कन्ट्रोलर लगायतका पुराना ग्याजेट्सहरुमा यसलाई पाउन सक्नुहुन्छ । नाम जस्तै यो यूएसबी नियमित यूएसबीभन्दा केही सानो हुन्छ ।

माइक्रो यूएसबी

माइक्रो यूएसबी कनेक्टर निकै नै सानो हुन्छ । यो यूएसबीलाई अहिलेको समयमा यूएसबी टाइपी–सीले विस्थापित गर्न थालेको छ । यद्यपी, तपाईले अहिलेको समयमा पनि धेरैजसो स्मार्टफोन, ट्याब्लेट लगायतका डिभाइसहरुमा माइक्रो यूएसबी पोर्ट देख्न सक्नुहुन्छ । धेरै नै मात्रामा प्रयोग भएको यो यूएसबी एप्पल कम्पनी र अन्य थोरै केही कम्पनीले मात्रै अपनाएका छैनन् ।

यूएसबी टाइप–सी

यूएसबी टाइप–सी बजारमा आएको पछिल्लो यूएसबी हो । यो यूएसबी पोर्ट नयाँ स्मार्टफोन तथा अन्य मोबाइल डिभाइसहरुमा देख्न सकिन्छ । यस अघिका युएसबीहरुको तुलनामा टाइप–सी यूएसबीले तीब्र डाटा ट्रान्सफर गर्नसक्छ । पूर्ववर्ती यूएसबीको भन्दा नितान्त भिन्न यो यूएसबीको अर्को महत्वपुर्ण विशेषता के छ भने, तल माथि जता पारेर पनि प्रयोग गर्न सकिन्छ । पछिल्लो समय यो नयाँ मोबाइल डिभाइसहरुका लागि एउटा छुट्टै मापदण्डको रुपमा स्थापित भइसकेको छ । यद्यपी, केही उत्पादकहरुले नयाँ आउने विशेषतः सस्ता मोबाइल डिभाइसमा समेत पुरानै माइक्रो यूएसबी प्रयोग गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३