close

यस्तो छ हावा र पानीबाट मोबाइल चार्ज गर्न सकिने डिभाइस

टेकपाना टेकपाना

असोज २५, २०७६ ८:०

यस्तो छ हावा र पानीबाट मोबाइल चार्ज गर्न सकिने डिभाइस

यो डिभाइसले हावा तथा पानीको मद्दतबाट तपाईको मोबाइल फोन चार्ज गर्न सक्छ । माइक्रो डर्वाइन जडित वाटरलिली नामक यो डिभाइस विद्युत् ग्रिडभन्दा बाहिर हुँदाको अवस्थामा तपाईको डिभाइस चार्जका लागि उपयोगी हुन सक्छ ।
यूएसबी केबल जोड्न मिल्ने जुनसुकै डिभाइसलाई यसले चार्ज गर्न सक्छ । यसका लागि ७ किलोमिटर प्रति घण्टा गतिको पानीको बहाव वा ७२ किलोमिटर प्रतिघण्टा हावाको गति आवश्यक हुन्छ । दुई घण्टामै डिभाइसलाई फुल चार्ज गर्न सक्ने यो डिभाइस पैदलयात्री, सिविरमा बस्ने, हाइकिङ गर्ने, साइकल यात्री लगायतका लागि उपयोगी सावित हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३