close

भारत कल गर्दा सस्तो तर चीन महंगो, सी भ्रमणमा एजेन्डा बन्ला ?

टेकपाना टेकपाना

असोज २५, २०७६ १३:३०

भारत कल गर्दा सस्तो तर चीन महंगो, सी भ्रमणमा एजेन्डा बन्ला ?

भारत र चीन दुबै नेपालका छिमेकी मुलुक हुन् । नेपालको सिमाना जोडीएका यी दुई राष्ट्र मध्ये भारतमा कल गर्दा सस्तो छ भने चीनमा महंगो पर्न जान्छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले स्विकृत गरेको पछिल्लो अन्तर्राष्ट्रिय कल ट्यारिफ रेटलाई हेर्ने हो भने चीनमा कल गर्दा ३७.८ रुपैंया प्रति मिनेटसम्म छ । अर्को छिमेकी राष्ट्र भारतमा भने १५.१२ रुपैंया प्रति मिनेटसम्म रहेको छ । यो रेट नेपाल टेलिकमबाट ०० एक्सेस कोड हालेर गर्दाको हो । एक्सेस कोड अनुसार कलको शुल्क फरक फरक छ ।

नेपाल टेलिकमबाट एक्सेस कोड १४२४ हालेर भारत कल गर्दा ३.६५ रुपैंया, एक्सेस कोड १४२५/१४४५ राखेर कल गर्दा ७.५६ रुपैँया पर्न जान्छ । त्यस्तै एनसेलबाट भारत कल गर्दा ३.८२ रुपैंया प्रति मिनेट पर्छ । अर्कोतर्फ नेपाल टेलिकमबाट एक्सेस कोड १४२४ हालेर चीनमा कल गर्दा ३.७८ रुपैंया, एक्सेस कोड १४२५/१४४५ हालेर कल गर्दा १०.८ रुपैयाँ पर्छ । एनसेलबाट कल गर्दा ७.६६ रुपैंया पर्छ । एक्सेस कोड हालेर कल गर्दा पछिल्लो सयम कलको रेट एउटै हाराहारीमा आएको भएतापनि भारतको तुलनमा भने चीनमा कल गर्दा महंगौ नै पर्न जान्छ ।

सिमाना जोडिएका दुई छिमेकी राष्ट्रमा हुने कलको दस्तुरमा यो अन्तर किन त ? नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल भन्छन, ‘कलको शूल्क दुरीको हिसाबले तोकिने होइन। कलको मूल्य निर्धारण तीन वटा पक्षबिचको समझदारीमा हुन्छ ।’ पहिलो, यहाँको सेवा प्रदायक कम्पनी, दोस्रो क्यारीयर र तेस्रो त्यो देशको सेवा प्रदायक कम्पनी । जस्तो, नेपाल टेलिकमको फोनबाट भारतको एयरटेलको नम्बरमा कल गरियो भने नेपाल टेलिकमबाट गरिएको कल एयरटेलको नेटवर्कमा पुर्‍याउने काम बिचमा क्यारीयरले गरेको हुन्छ ।

त्यसमा सेवा प्रदायकले कुन देशमा कति टर्मिनल रेट राख्ने भन्ने निर्धारण आफैलै गर्छन । जुन देशले टर्मिनल रेट कम राखेको हुन्छ त्यहाँबाट कल गर्दा सस्तो पर्न जान्छ । विकसित देशमा टर्मिनल रेट कम हुन्छ । त्यसैले यहाँबाट कल गर्दा कतिपय ठाउँमा सस्तोमा कल गर्न सकिन्छ । भारतको टर्मिनल रेट कम छ । त्यसैले यहाँबाट कल गर्दा सस्तो पर्छ । तर, नेपालको र्टिर्मनल रेट महंगो छ । त्यसैले भारतबाट नेपाल कल गर्दा महंगो पर्छ ।

टर्मिनल रेट सस्तो भएतापनि भारत र चिनमा कल गर्दा किन अन्तर ? क्यारियको रेटले त्यसमा फरक पारेको अर्यालको भनाई छ । ‘कल क्यारियर कति वटा छन् भन्ने कुरा पनि हो,’ उनी भन्छन्, ‘उनिहरुले यहाँबाट गरेको कल त्यहाँको नेटवर्कमा पुर्‍याउँदा लिने शुल्कले असर पार्छ । जसले गर्दा कलको मूल्यमा तलमाथि हुने गरको हो ।’

चीनियाँ राष्ट्रपति सी जिनपिङ आज अपरान्ह दुई दिने नेपाल भ्रमणमा आउँदैछन् । दुई देशबीच हुने टेलिफोन कलको ट्यारीफ र दूरसञ्चारका अन्य कुनै विषय भ्रमणको एजेन्डामा रहे नरहेको आफूलाई जानकारी नभएको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३