close

सुपरफास्ट स्पिडमा चल्ने वाईफाई ६ आउँदै, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

कात्तिक ५, २०७६ १७:५९

सुपरफास्ट स्पिडमा चल्ने वाईफाई ६ आउँदै, यस्ता छन् विशेषता

२०१९ को अन्तिमसम्म सुरुवात हुने अपेक्षा गरिएको वाईफाई ६ धेरै हदसम्म हामीले वर्षौंदेखि प्रयोग गर्दे आइरहेको वाईफाई जस्तै छ । तर, निकै तीब्र र प्रभावकारी हुनेछ ।

वाईफाई ६ को अनुमानित स्पिड अमेरिकाको हालको वाईफाईभन्दा एक हजार प्रतिशत तीब्र हुनेछ । एउटै नेटवर्कमा अनेकौँ डिभाइसहरु कनेक्ट हुने भिडभाडका स्थानहरुमा वाईफाई ६ ले प्रभावकारी रुपमा काम गर्नसक्ने बताइएको छ ।

वाईफाई ६ बिमानस्थल र खेलमैदानहरुमा बढी प्रभावकारी हुने ठानिएको छ । दुर्भाग्यको कुरा के छ भने, इन्टरनेट सेवा प्रदायकले वाईफाई ६ को स्पिड कायम गर्न सक्नेछैनन् ।

त्यसैले तपाई हामीले अझै केही वर्ष वर्तमान वाईफाई र वाईफाई ६ बीच खासै भिन्नता महशुस गर्न पाउने छैनौँ । अर्कोतर्फ वाईफाई ६ राउटरको मूल्य नै २२ हजार रुपैयाँभन्दा माथि पर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३