close

अनलाइन गेममा चीनको कर्फ्यू !

टेकपाना टेकपाना

कात्तिक २१, २०७६ १०:५६

अनलाइन गेममा चीनको कर्फ्यू !

बालबालिकामा अनलाइन गेमको लत रोक्न चीनले कडा कदम चालेको छ । अब चीनमा १८ वर्ष मुनीका बालबालिकाले राति १० देखि बिहान ८ बजेसम्म अनलाइन गेम खेल्न पाउँने छैनन् ।

अन्य समयमा गेम खेल्दा बालबालिकाले सोमबारदेखि शुक्रबारसम्म दैनिक ९० मिनेट तथा शनिबार र आइतबार बढीमा ३ घण्टासम्म खेल्न पाउनेछन् ।

चीन सरकारले देशैभर लागु हुने गरी मंगलबार यो नियमको घोषणा गरेको हो । अनलाइन गेममा बालबालिकाको बढ्दो लतलाई नियन्त्रण गर्न त्यहाँको सरकारले यस्तो कदम चालेको बताइएको छ ।

अनलाइन गेमिङ अकान्टमा ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकाले मासिक दुई सय चिनियाँ यूयान अर्थात ३ हजार २ सय रुपैयाँ मात्रै खर्च गर्न पाउने नियम पनि लागु भएको छ ।

यस्तै, १६ देखि १८ वर्ष उमेर समूहका बालबालिकाले मासिक बढीमा चार सय यूयान अर्थात ६ हजार चार सय रुपैयाँ मात्रै खर्च गर्न पाउने छन् ।

चीन विश्वभरका गेमिङ कम्पनीहरूका लागि सबैभन्दा ठूलो बजार हो । जसका कारण गेमिङ कम्पनीहरूले चीनबाट सबैभन्दा बढी आम्दानी गर्छन् । बालबालिकालाई अनलाइन गेमको लतबाट छुटाउन चीन सरकारले यसअघि पनि विभिन्न नियमहरु जारी गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०