close

टेलिकमको अनलाइन रिचार्जको समस्या समाधान, प्रयोगकर्तालाई बल्ल भयो सहज

टेकपाना टेकपाना

मंसिर ७, २०७६ २२:६

टेलिकमको अनलाइन रिचार्जको समस्या समाधान, प्रयोगकर्तालाई बल्ल भयो सहज

नेपाल टेलिकमको अनलाइन रिचार्जमा देखिएको समस्या समाधान भएको भएको छ । शनिबार विहानै देखि कम्पनीको एमपोस प्रविधिमार्फत हुने रिचार्जमा देखिएको समस्या राती करीब साढे ९ बजे समाधान भएको हो ।

शनिबार दिनभर टेलिकमको खल्ती, ई-सेवा, मोबाइल बैंकिङ लगायतका माध्यमबाट उपभोक्ताले मोबाइल रिचार्ज देखि टेलिफोन तथा इन्टरनेटको बिल भुक्तानी गर्न पाएन् ।

शुक्रबार राती टेलिकमको सिस्टममा अपग्रेड भएसँगै यस्तो समस्या आएको कम्पनी निकट श्रोतले जनाएको छ । कम्पनीको कूल रिचार्ज मध्ये २८ देखि ३० प्रतिशत अनलाइनबाटै हुने गरेको छ । यस हिसावले कम्पनीको एक दिनको अनलाइन रिचर्ज तर्फको ३ करोड आम्दानी गुमेको अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१