२०७९, २७ श्रावण शुक्रबार   |  
Friday 12th August 2022

विद्युतीय माध्यमबाट भुक्तानी गरी यसरी पाउनुहोस् १० प्रतिशत भ्याट फिर्ता

सरकारले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई प्रोत्साहन स्वरुप भ्याट फिर्ताको सुविधा उपलब्ध गराउन थालेको छ । यो व्यवस्था अनुसार वस्तु तथा सेवा खरीदमा विद्युतीय माध्यमबाट एक हजारदेखि एक लाख रुपैयाँसम्म भुक्तानी गर्ने उपभोक्ते बैंक खातामै भ्याट रकमको १० प्रतिशत फिर्ता पाउनेछन् । 

भ्याट फिर्ता दिन आन्तरिक राजस्व विभागले ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभाेक्तालाई मूल्य अभिबृद्धि कर फिर्ता दिने सम्बन्धी कार्य प्रक्रिया २०७६’ नै जारी गरेको छ । यही २५ पुसदेखि लागु भएको यो कार्यप्रक्रिया अनुसार मोबाइल बैंकिङ, कार्ड, कनेक्ट, आईपीएस, ई-सेवा, खल्ती, आईएमई-पे जस्ता मोबाइल वालेट लगायतका माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले लाभ उठाउन सक्नेछन् । 

यद्यपी यस्तो सुविधा व्यवसायिक प्रयोजनको खरीदमा नभई व्यक्तिगत उपभोगका लागि हुने खरीदमा मात्रै पाइनेछ । त्यसमा पनि एक हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्मको कारोबारमा मात्रै भ्याट फिर्ताको व्यवस्था लागु हुने गरी कार्यप्रक्रिया बनाइएको छ ।

यसका लागि कर बीजकको ढाँचामा बिक्रेताले विद्युतीय बीजक सिर्जना गर्नुपर्ने र उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेपछि तिर्नुपर्ने मूल्य अभिबृद्धि करको दश प्रतिशतले हुने रकम स्पष्ट हुने गरी विद्युतीय बीजक जारी गर्नुपर्नेछ । 

उपभोक्ताले विद्युतीय माध्यमबाट भुक्तानी गरेको रकम सोझै बिक्रेताको बैंक खातामा जम्मा हुन्छ । यसरी भुक्तानी भएको कर रकमको १० प्रतिशत बिक्रेताको सोही बैंक खाताबाट स्वचालित रुपमा उपभोक्ताको बैंक खातामा फिर्ता गर्नुपर्नेछ । यसको व्यवस्था भुक्तानी सेवाप्रदायकले नै मिलाउनेछन् ।

उपभोक्तालाई फिर्ता गरेको कर रकम बिक्रेताले कर विवरणमार्फत हिसाव मिलान गर्नुपर्ने हुन्छ । यसरी भएको कारोबारको विवरण विभागको एकीकृत कर प्रणालीमा स्वचालित रुपमा नै प्राप्त हुने व्यवस्था विभागले मिलाएको  छ । बिक्रेताले आफ्नो कारोबार रहेको स्थानमा विद्युतीय भुक्तानी गर्ने उपभोक्ताले मूल्य अभिवृद्धि कर फिर्ताको सुविधा रहेको जानकारी सार्वजनिक गर्नुपर्नेछ । 

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team