close

यस्तो आउँदैछ लाइट क्यामेरा प्रविधि बिनाको नोकियाको नयाँ स्मार्टफोन

टेकपाना टेकपाना

माघ १४, २०७६ १०:३३

यस्तो आउँदैछ लाइट क्यामेरा प्रविधि बिनाको नोकियाको नयाँ स्मार्टफोन

एजेन्सी । नोकिया नाइन प्रिभ्यु २०१९ को एउटा बहुप्रतिक्षित फोन थियो । यो फोनमा पेन्ट लेन्स क्यामेरा राखिएको थियो । 

तर यो फ्ल्यागसिप फोनमा क्यामेरा क्वालिटी र सुस्त क्यामेरा पर्फमेन्सको समस्या देखियो । साथै यसमा पुरानो चिपसेट पनि प्रयोग भएको थियो । यिनै कारणहरुले गर्दा यो फोनले त्यत्ति राम्रो छाप छोड्न सकेन । तर हाल चर्चामा आएको नोकियाको नयाँ फोन ९.२ प्रिभ्युले सार्वजनिक हुन अघि नै राम्रो ख्याति प्राप्त गर्न सफल भइरहेको छ । 

२०१९ को फ्ल्यागसिप फोनमा भएका सम्पूर्ण त्रुटिहरु यसले सच्याउने बताइएको छ । नोकिया अन्युको ट्वीटर अकाउन्टबाट गत डिसेम्बरमा नोकिया ९.२ प्योरभ्युको चर्चा सुरु भएको हो । यो फोन २०२० को पहिलो ६ महिना भित्र वा जुन २० भित्र सार्वजनिक हुने बताइएको छ । 

यसमा स्नापड्रागन ८६५ चिपसेट रहनेछ । मूल्यको आधारमा यो फोन सुपथ फ्ल्यागसिप फोन हुने कम्पनीले बताएको छ । यसको मूल्य ६६२ अमेरिकी डलर अर्थात करीब ७५ हजार रुपैयाँ आसपास  रहने बताइएको छ । 

नोकिया पावर युजर स्रोतका अनुसार यो फोनमा लाइट क्यामेरा प्रविधि नहुने बताइएको छ । जसले गर्दा यसले राम्रो एचडीआर र लो लाइट स्न्याप दिनेछ भने ग्रानुलर डेप्थ इफेक्ट समेत यसले प्रदान गर्नेछ । 

यो फोनमा १२ मेगापिक्सलका ५ ओटा क्योमरा हुनेछन् । जसमा तीन ओटा मोनोक्रोम र दुईओटा आरजीबी सेन्सर रहनेछन् । मल्टी लेन्स क्यामेरा कम्पनी लाइटले यसमा नोकियालाई सहयोग गरेको छ । 

नोकिया ९.२ मा नर्मल, वाइड, टेलिफोटो क्यामेरा लेआउट हुनेछ । यसमा ठूलो सेन्सर सहितको उत्कृष्ट क्यामेरा हुने बताइएको छ । 

यसमा बेजललेस डिस्प्ले हुनेछ । यस्तै यसको सेल्फी क्यामेरा भने ३२ वा ४८ मेगापिक्सलको हुनेछ । यसमा वायरलेस चार्जिङको सुविधा पनि हुनेछ । मोबाइलका बारेमा उल्लेखित विवरणहरु आधिकारिक रुपमा पुष्टि हुन भने बाँकी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१