२०७९, ४ भाद्र शनिबार   |  
Saturday 20th August 2022

गुगलले बनायो कोरोना भाइरसको जानकारी दिने अलार्ट सिस्टम

एजेन्सी । गुगलले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को सहकार्यमा कोरोना भाइरसबारे जानकारी दिने सिस्टमको निमार्ण गरेको छ ।

यसको अर्थ कोरोना भइरसका विषयमा गुगलमा सर्च गर्ने बित्तिकै अब गुगलले त्यससँग सम्बन्धीत महत्वपूर्ण जानकारी सुरुमा दिने भएको छ ।

कोरोनासँग सम्बन्धीत कुनै पनि विषयमा सर्च गर्ने वित्तिकै सुरुमा अलार्ट देखाउँने छ । भने डब्लुएचओले सार्वजनिक गरेका जानकारी, फेसबुक तथा ट्वीटर पोष्टहरुलाई सुरुमा प्राथामिक्ताका साथ राखिने देखाउने छ ।

साथै तल्लो भागमा कोरोनासँग सम्बन्धीत कुनै पनि विषयको जानकारी लिनु परेमा क्विक सुरक्षा टिप्स समेत दिइएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team