close

वर्डप्रेस सम्बन्धी १ महिने अनलाइन तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

फागुन २०, २०८० २०:११

वर्डप्रेस सम्बन्धी १ महिने अनलाइन तालिम हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि राख्नेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीवारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो ।

प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूका लागि हामीले वर्डप्रेस सम्बन्धी अनलाइन तालिम आयोजना गर्न लागेका हौ,” कम्पनीका प्रबन्ध निर्देशक सौगात देवकोटाले भने, “यसअघि भौतिक उपस्थितिमा तालिम गर्दा धेरैले अनलाइन गराउनु पर्‍यो भन्ने माग गर्नु भएको थियो । त्यसैले अहिले उहाँहरूलाई लक्षित गरेर तालिम आयोजना गर्दै छौं ।”

एक महिनासम्म दैनिक डेढ घण्टा सञ्चालन हुने यो तालिममा सहभागीले वर्डप्रेस डेभलपमेन्ट, एसईओ अप्टिमाइजेसन, एआई इन्टिग्रेसन, वेबसाइट डेभलपमेन्ट र वेब सेक्युरिटीका बारेमा सिक्न पाउनेछन् । विशेषगरी थिम कस्टमाइजेसन, होस्टिङ तथा डोमेन रजिस्ट्रेसन, वेबसाइट मोनिटाइजेसन, कन्टेन्ट राइटिङ, प्रोजेक्ट मेनेजमेन्ट लगायतका विषय समावेश हुने देवकोटाको भनाइ छ ।

तालिम दिनका लागि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाल र भारतका आठ जना विज्ञहरू हुनेछन् । सबैले आ-आफ्नो विज्ञता अनुसार तालिम दिने कम्पनीले जनाएको छ । यसमा वर्डप्रेस डेभलपर ई. सुशान्त रिमाल, नारायणी वेब टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. त्रिविक्रम रेग्मी, इन्टर्न साथीका सीईओ कुनाल शाह, लेन्समी अपका संस्थापक निराजन केसी, डिजिटल गोर्खाका डिजिटल मार्केटिङ एक्सपर्ट आश्विन न्यौपाने, वर्डप्रेस विज्ञ विकास पुन, भारतका वर्डप्रेस विज्ञ राहुल डी सरकार लगायत अन्य वर्डप्रेस विज्ञले तालिम दिनेछन् । यो तालिम हरेक दिन बेलुका साढे छ बजेदेखि सुरु हुनेछ । 

यसमा सुरुवाती चरणमा सय जना सहभागी हुने आयोजकको अपेक्षा छ । तालिमको शुल्क ३२०० रुपैयाँ तोकिएको छ । यसमा सहभाही हुने व्यक्ति इन्टरनेट र ल्यापटपको पहुँचमा हुनुपर्छ । तालिम सकिएपछि सहभागीले अवसर एकेडेमीबाट प्रमाणपत्र पनि पाउनेछन् ।

सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् । कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गरेर वा ९८५५०१८०४९ मा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०८० २१:११