close

अनलाइनबाट यसरी भुक्तानी गर्नुहोस् १० लाखसम्मको सरकारी राजस्व

टेकपाना टेकपाना

माघ २०, २०७६ १०:३६

अनलाइनबाट यसरी भुक्तानी गर्नुहोस् १० लाखसम्मको सरकारी राजस्व

कनेक्ट आईपीएसबाट १० लाख रुपैयाँसम्मको राजश्व भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंक र बिभिन्न बैंक तथा वित्तीय संस्थाले प्रवर्द्धन गरिरहेको नेपाल क्लियरिङ हाउसले अनलाइनबाटै सरकारी राजस्व बुझाउन सकिने व्यवस्था गरेको हो ।

कनेक्ट आईपीएसको वेबसाइट र मोबाइल एपमार्फत राजस्व भुक्तानी गर्नुपर्ने निकाय छनौँट गरी भौचर नम्बरको आधारमा तथा सम्बन्धित निकायको वेबसाइटमा आफ्नै बैंक खाताबाट अनलाइन मार्फत राजस्व जम्मा गर्न सकिन्छ ।

यसबाट हाल महालेखा नियन्त्रक कार्यालय, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टारको कार्यालय, लोकसेवा आयोग, र राहदानी विभागको राजस्व तथा सेवा शूल्क भुक्तानी गर्न सकिने क्लियरिङ हाउसले जनाएको छ ।

कनेक्ट आईपीएसको एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईफोन प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०