close

एप्पलका पुर्व डिजाइनरको अनुभवः यसरी बनेको थियो पहिलो आईप्याड

टेकपाना टेकपाना

माघ २०, २०७६ १६:५०

एप्पलका पुर्व डिजाइनरको अनुभवः यसरी बनेको थियो पहिलो आईप्याड

एजेन्सी । धेरैलाई थाहा नहुन सक्छ, प्रविधिक सम्बन्धि कम्पनी ह्युमनमा साझेदार रहेका बेथानी बोङग्येर्नो र इमरान चौधरी पहिलो आईप्याडका निर्माणकर्ताहरु हुन् । आईप्याडको निर्माता बेथानी उक्त प्रोजेक्टमा सफ्टवेयर इन्जिनियर निर्देशकको रुपमा प्रवेश गरेकी थिइन् भने इमरान आईफोनको युजर इन्टरफेसको निर्माणकर्ता थिए । 

‘स्टिभ जब्स आईप्याड निर्माणको परियोजनालाई लिएर एकदमै उत्साहित थिए,’ बेथानीले एक म्यागेजनिसँग भनेकी थीइन्, ‘हामीसँग के ४८ कोड नाम दिइएको त्यो परियोजनामा काम गर्न एउटा सानो टिम थियो । के ४८ त्यसको हार्डवेयरको कोड नाम थियो भने वाइल्ड क्याट सफ्टवेयरको कोड नाम । उनीहरुले मलाई त्यो परियोजनाका लागि इन्जिनियरिङ टिम निर्माण गरेर नेतृत्व लिन र के ४८ परियोजनाको नेतृत्व गर्न आग्रह गरे । पछि त्यही परियोजनाबाट आईप्याड बन्यो ।’

‘पहिले हामीले एउटा उपभोग्य उपकरण बनाउने कल्पना गरेका थियौं, स्टिभको दिमागमा के थियो भने ट्वाइलेटमा बसेको समयमा पनि यो उपकरणबाट मेल प्रयोग गर्न सकियोस् । तर हामीमा यसको उपयोगिताको स्तरलाई बढाएर समाचारपत्र र पुस्तकलाई पनि विस्थापन गर्न सकियोस् भन्ने सोच आयो,’ इमरान सुनाउँछन् ।

बेथानी र इमरानका अनुसार अहिले प्रयोगमा आएको आईप्याडमाथि सोचिएको भन्दा त्यस समय धेरै काम भएको थियो । आईप्याडको कल्पना र यसलाई बनाउने प्रयास आईफोनभन्दा अगाडिको हो । आईप्याडलाई पहिले मल्टी टच म्याक बनाउने योजना सहित सुरु गरिएको डिजाइनरहरु बताउँछन् । 

आईप्याडको कथा फोनको भन्दा अगाडिदेखिको रहेको इमरान बताउँछन् । क्यू ७९ परियोजनाको नामबाट यो सुरु भएको थियो । मल्टी टच एक्स्प्लोरेसनकै सिलसिलामा यो परियोजना बनाइएको थियो । त्यो समय मसिनटोस ल्यापटपमा मल्टीटच स्क्रिन ल्याउने विषयमा सोच बनेको थियो । खासगरी आईबुक । 

‘तर त्यो प्रयास एकदमै महंगो जस्तो लाग्यो र एप्पलले यस्तो धेरै महंगो कम्प्युटर निर्माणको परियोजनाबाट सफलता हासिल गर्न नसक्ने जस्तो लागेपछि हामीले सानो उपकरण निर्माणमा नै केन्द्रित हुने विचार गर्यौं,’ इमरानले भनेका छन् । हाम्रो वास्तविक सोचलाई पनि हामीले बिर्सेनौं र मल्टी टचसहितको डेस्कटप कम्प्युटरको आईडियाले हाम्रो सोचलाई डोहोर्‍याइरह्यो र हामीले आईप्याड बनाउन सफल भयौं ।

आईप्याडलाई अहिलेको रुप दिन धेरैपटक रिडिजाइन गरियो । ‘हामीले आईप्याडको निर्माताका धेरै कुराहरुले राम्रो काम गर्न सकेनन्, ती कुराहरुलाई छोड्दै गयौं । हामीले सुरुवात गर्दाको डिजाइनलाई पूर्णरुपमा लागू गर्दै गयौं । पछि पुनःपरिभाषित गर्दै विकास गर्दै गयौं,’ बेथानीले भनेकी छिन् । आईप्याडबाट मानिसहरुले आफ्नो फोटो लिएको आफूलाई अझै विश्वास नलाग्ने गरेको बेथानी बताउँछिन् ।

 इमरान भन्छन्,‘२०१२ को लण्डन ओलम्पिक्स म अझै स्मरण गर्छु । त्यो बेला स्टेडियम वरिपरी हेर्दा मानिसहरु आईप्याडलाई फोटो खिच्न प्रयोग गरिरहेका थिए । उनीहरुलाई त्यो बेला आईप्याडमा ठूलो भ्युफाइण्डरको आवश्यकता थियो । त्यो देखेपछि हामीले आईप्याडमा क्यामेरा अनुभवलाई रिडिजाइन गर्यौं ।’ आफ्नो नयाँ ह्युमन कम्पनी स्थापना गरेका आईप्याडका महत्वपूर्ण दुई निर्माणकर्ताले निर्माणताकाका आफ्ना अनुभव सुनाए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०