close

टेलिकमबाट सरकारलाई एकै वर्षमा ७ अर्ब ५५ करोड लाभांश

टेकपाना टेकपाना

माघ २२, २०७६ १४:४२

टेलिकमबाट सरकारलाई एकै वर्षमा ७ अर्ब ५५ करोड लाभांश

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा लाभांस वापत सरकारलाई सात अर्ब ५५ करोड रुपैयाँको बुझाएको छ । प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले १६ ओँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कम्पनीले सरकारी कोषमा जम्मा गरेको कर र लाभांशको विवरण सार्वजनिक गरेका हुन् ।

कम्पनीले लाभांस र कर सहित सरकारलाई कूल ३३ अर्ब ३१ करोड रुपैयाँ बुझाएको छ । जसमध्ये कर बापतको २५ अर्ब ७६ करोड रुपैयाँ रहेको अधिकारीले बताए । केही दिन अघि मात्र सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रति शेयर ४५ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो । गत वर्ष ४३ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले ९ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०