close

टेलिभिजन ग्राहकका लागि टेलिकमको आलाकार्टा लागू, यस्तो छ बेसिक र प्रिमियम च्यानल शुल्क

टेकपाना टेकपाना

चैत २०, २०८० १९:४६

टेलिभिजन ग्राहकका लागि टेलिकमको आलाकार्टा लागू, यस्तो छ बेसिक र प्रिमियम च्यानल शुल्क

काठमाडाैं । नेपाल टेलिकमले भ्यालु एडेड सर्भिसको रूपमा सञ्चालन गरेको आईपीटिभी (एनटिभी) सेवामा आलाकार्टा प्रणाली लागू गरेको छ । आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी टेलिकमले आफ्ना ग्राहकका लागि याे प्रणाली लागू गरेको हाे ।

यस प्रणाली अनुसार ग्राहकले बेसिक वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुके प्याकेज थप गरी प्याकेजहरू खरिद गर्नसक्ने छन् । बेसिक प्याकेज लिएका ग्राहकले हालका लागि आफ्नो आवश्यकता अनुरुप निम्न बुके प्याकेजहरू खरिद गर्न सक्नेछन्:

Monthly Package:

S.N. Package Name

Tariff NRs.

1 Monthly Star Bouquet 65
2 Monthly Sony Bouquet Pack 65
3 Monthly Zee Bouquet 25
4 Monthly India Cast Bouquet Pack 25
5 Monthly Home Box Bouquet Pack 15
6 Monthly Bennet Bouquet 3
7 Monthly Discovery Bouquet 20
8 Monthly BBC Bouquet 2
9 Monthly Super Bouquet Pack 175

Quarterly Package:

S.N. Package Name

Tariff NRs. 

1 Quarterly Star Bouquet 195
2 Quarterly Sony Bouquet Pack 195
3 Quarterly Zee Bouquet 75
4 Quarterly India Cast Bouquet Pack 75
5 Quarterly Home Box Bouquet Pack 45
6 Quarterly Bennet Bouquet 9
7 Quarterly Discovery Bouquet 60
8 Quarterly BBC Bouquet 6
9 Quarterly Super Bouquet Pack 525

सुरुको तीन महिनाभित्र सम्पूर्ण प्रिमियम प्याकेज सहितको वार्षिक प्याकेज सब्सक्रिप्सन लिने ग्राहकका लागि अफरको रूपमा रु. ३६० प्रति महिनाको दरमा प्रिमियम प्याकेजहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । यस बमोजिम वार्षिक प्याकेज खरिद गर्दा प्याकेजको ट्यारिफ निम्न अनुसार रहेको छ: 

S.N. FTTH Package Total Package Tariff (Renewal) Rs. Total Package Tariff with STB (One Time) Rs. Free Mobile Data Per Day (Max.) Remarks
1 50 Mbps 10999 12000 600 MB  
2 100 Mbps 13999 14999 800 MB  
3 150 Mbps 15999 16499 900 MB  
4 200 Mbps 18999 19999 1000 MB  

ग्राहकले बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न नजिकको टेलिकमको काउन्टरमा सम्पर्क गर्नुपर्नेछ । बेसिक प्याकेज लिएका ग्राहकले थप बुके प्याकेज खरिद गर्नका लागि टिभीको मेनुमा गएर आफैं खरिद गर्न सक्नेछन् ।

आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सोको मात्र भुक्तानी गर्न मिल्ने हुँदा यसबाट ग्राहकलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: चैत २०, २०८० २०:१