close

कुन ल्यापटप किन्ने ? आईप्याड, क्रोमबुक, म्याक वा विण्डोज

टेकपाना टेकपाना

फागुन १२, २०७६ ९:५७

कुन ल्यापटप किन्ने ? आईप्याड, क्रोमबुक, म्याक वा विण्डोज

ल्यापटप एउटा विण्डो मेसिन वा नोटबुक फर्मको म्याक हो, जुन सजिलै बोक्न सकिन्छ । आईप्याड एउटा कम्प्युटर हो र क्रोमबुक पनि कम्प्युटर नै हो । एन्ड्रोइडको ट्याबलेटहरु पनि छन्, तर तिनीहरु ल्यापटपको विकल्पको रुपमा त्यति उपयु्क्त छैनन् । 

यहाँ लिनक्सलाई उल्लेख गर्नैपर्छ । सबै ल्यापटपमा लिनक्स इन्स्टल भएको हुँदैन । यदि तपाईंलाई लिनक्स आवश्यक छ भने पुरानो ल्यापटप लिएर त्यसलाई अपडेट गर्न सक्नुहुन्छ । तर यदि तपाईंले यस अघि प्रयोग गर्नुभएको छैन भने यो तपाईंको लागि गाह्रो काम हो । 

ल्यापटप खरीद गर्नु अघि यो तय गर्नुहोस् कि तपाईं के लिन चाहानुहुन्छ, आईप्याड, क्रोमबुक, म्याक वा विण्डोज ? त्यसपछि तपाईको बजेट कति छ ? यति कुरा तय भए पछि तपाईंले ब्राण्ड र मोडल छनौट गर्न सक्नुहुन्छ । विण्डोजमा ल्यापटपका मोडेलहरु लगातार परिवर्तन भईरहन्छन् । 

तपाईं आफनो डिभाइसलाई केका लागि र कसरी प्रयोग गर्नुहुन्छ भन्ने कुराले तपाईंले कुन ल्यापटप किन्दा राम्रो हुन्छ भन्ने कुरा तय गर्छ । यदि तपाईं फुर्सदमा काम गर्न ल्यापटप चलाउनुहुन्छ, मेल पठाउन, वा फेसबुक चलाउन भने तपाईंले जुनसुकै विकल्प छान्न सक्नुहुन्छ । तर यदि तपाईं फोरके भिडियो इडिट गर्न वा भर्चुअल मेसिनको श्रृंखला भएका प्रोग्रामहरु चलाउन चाहानुहुन्छ भने तपाईंले ठूलै  क्षमता भएको ल्यापटप खरिद गर्नुपर्ने हुन्छ । यदि कुन ल्यापटप लिने भन्ने दुविधामा हुनुहुन्छ भने हामीले तपाईंको सहजताका लागि केही तरिका प्रस्तुत गरेका छौँ ।

ल्यापटप कुन प्रयोजनका लागि आवश्यक हो, ठम्याउनुहोस्

यदि तपाईं केही वर्ड डकुमेन्टहरु तयार गर्नुहुन्छ, वेब ब्राउज गर्नुहुन्छ, अफिसमा अन्तरक्रिया गर्नुहुन्छ र फेसबुक चलाउनुहुन्छ भने तपाईं सामान्य प्रयोगकर्ता हो । 

विद्यार्थीले विभिन्न प्रयोजनका लागि ल्यापटप चलाउँछन् । यदि तपाईं फिल्म मेकिङ, प्रग्रामिङ वा साइन्टिफिक एप्लिकेसन पढदै हुनुहुन्छ, तपाईं धेरै पावरको आवश्यक पर्ने सफ्टवेयर चलाउनुहुन्छ । स्टुडेन्ट लेभलका धेरै एप्लिकेसनहरु अहिले वेबमा आधारित छनन ।

तर आईओएसमा पनि एकदमै राम्रा एपहरु छन् भने केही विण्डोजमा मात्र चल्ने एपहरु हुन्छन् । ल्यापटप छनौट गर्नु अघि तपाईंले आफ्नो आवश्यकताको दायरा पत्ता लगाउनुपर्ने हुन्छ । गेमिङ तपाईं रुची राख्नुहुन्छ भने तपाईंलाई केही राम्रो क्षमताको ल्यापटप चाहिन्छ । यसमा तपाईंले खेल्ने गेमको आधारमा ल्यापटपको क्षमता हेर्न सकिन्छ । 

तपाईं फ्लिममेकर हुनुहुन्छ भने तपाईंले पक्कै पनि धेरै नै भिडियो इडिट गर्नुपर्छ । यसमा युट्युव क्रिएटर पनि पर्छन् । यसका लागि पनि धेरै क्षमता भएको कम्प्युटर चाहिन्छ । तर इडिट नै गर्ने भए पनि फोटोग्राफरहरु भने यो वर्गमा पर्दैनन् । 

हर्डी प्रोग्रामरहरुले कमाण्डलाइन, पिज्जा, किबोर्ड प्रयोग गरेर कोड गर्न सक्छन् । अधिकांश व्यवसायिक डेभलपरहरुले आईडीई अर्थात इन्रएक्टिभ डेभलपमेन्ट इन्भाइरोमेन्ट, लोकल सर्भर इन्भाइरोमेन्ट, भर्चुअल मेसिन र कन्टेन्टहरु प्रयोग गर्छन् । 

अब ल्यापटप विभिन्न प्रयोजनमा प्रयोग हुन्छ । पारिवारिक प्रयोजनको कुरा गर्दा घरमा ल्यापटपको सामान्य आधारभूत प्रयोगकर्तादेखि विद्यार्थीसम्म हुन्छन् । जसलाई वैधानिक विण्डो एपदेखि पावरफूल साइन्टिफिक प्रोसेसिङ चलाउन ठूलो क्षमताको ल्यापटप चाहिन्छ । कतिपय सदस्य युटुबर पनि हुनसक्छन् । परिवारमा  एउटै ल्यापटप विभिन्न प्रयोजनका लागि प्रयोग हुने हुँदा, यस्तो ल्यापटप खरिद गर्नुहोस् जसमा यी कुराहरु विस्तृत रुपमा समेटिएको होस् । 

साना व्यवसाय गर्ने प्रयोगकर्ताका लागि क्विक्सबुक भन्ने एउटा एप्लिकेसन छ । जसले इमेलहरु चेक गर्ने गर्छ । सीएनसी मेसिन प्रयोग गरिरहेका व्यवसाय पनि छन् । जसलाई सीएडीको आवश्यकता पर्छ । 

कतिसम्म खर्च गर्न चाहनुहुन्छ ? 

बजेटकै समस्या हो भने तपाईं प्रयोग भइसकेको ल्यापटप पनि किन्न सक्नुहुन्छ । तर यो जोखिमपूर्ण छ । तपाईंले यसका लागि सम्पुर्ण डिटेल्स चेक गर्नुपर्ने हुन्छ । तर तपाईं ल्यापटको विवरणमा सुनिश्चित हुनुहुन्न भने त्यस्तो ल्यापटप खरीद नगर्नुहोस् । त्यसो त मूल्यको आधारमा पनि हामीले ल्यापटपको विवरण बुझ्नसक्छौं । 

दुईसय डलर मुनिको ल्यापटप 

विण्डोज ल्यापटपहरु  तपाईं दुई सय डलर मुनीको रकममा सजिलै खरिद गर्न सक्नुहुन्छ । तर हामी यो खरिद गर्न तपाईंलाई सुझाव दिन सक्दैनौं । बजेट सेग्मेन्टको ल्यापटप किन्दा तपाईंले एडवेयर र ब्लटवेयर धेरै मात्रामा झेल्नुपर्ने हुन्छ । यसमा तपाईंले एकदमै थोरै र्‍याम तथा स्लो हार्डड्राइभ पाउनुहुनेछ । त्यसो त तपाईं यसलाई तीन सय डलर तिरेर अपग्रेड गर्न सक्नु हुन्छ । 

दुईसयदेखि पाँचसय डलरबीचको ल्यापटप

यो प्राइसरेञ्जमा निकै राम्रा ल्यापटपहरु पाउन सकिन्छ । यो रेन्जमा तपाईंले राम्रा क्रोमबुक पनि पाउन सक्नुहुन्छ । किबोर्डसहितको आईप्याड पनि यो रेञ्जमा पाउन सक्नुहुन्छ । तर यो रेञ्जमा तपाईंले विण्डोज ल्यापटप नलिएकै बेस हुन्छ । किनभने यसमा अझै पनि स्लो स्टोरेज र थोरै र्‍याम पाइन्छ । 

यो रेञ्जमा तपाईं विण्डोज ल्यापटप नै किन्न चाहानुहुन्छ भने एचपी १५ जेट किन्न सक्नुहुन्छ । यसको मूल्य २७९ डलरदेखि सुरु हुन्छ । यसमा आठ जीबी र्‍याम रहेको छ भने १२८ जीबीको एसएसडी स्टोरेज छ । यसमा धेरै स्टोरेज त छैन तर यसले सामान्य काम राम्ररी गर्नसक्छ । 

५ सयदेखि हजार डलरको बीचका ल्यापटप

सामान्य प्रयोजनका लागि तपाईं राम्रो ल्यापटप चाहनुहुन्छ भने यो रेञ्जमा पाउन सक्नुहुन्छ । कलेज तथा स्कुलका विद्यार्थीहरुका लागि यो रेञ्जमा उत्कृष्ट ल्यापटपहरु भनेको ५८९ डलरको डेल इन्सपाइरन र ८९९ डलरको असुस जेनबुक हुन् । यसमा भएको ८ देखि १६ जीबी र्‍याम,मोड्रेट साइजको एसएसडी र राम्रो ग्राफिक कार्डले यसलाई उत्कृष्ट बनाएको छ । 

यदि यही रेञ्जमा तपाईं क्रोमबुक खरीद गर्न चाहनुहुन्छ भने किबोर्डसहितको ११ इञ्चको आईप्याड प्रो पनि पाउन सक्नुहुन्छ । यसको मूल्य हजार डलर मुनी नै छ । 

हजारदेखिको माथि हजार डलरभन्दा माथि खर्च नगरेसम्म तपाईंले म्याकबुक एयर र म्याकबुक प्रो त छुन पनि पाउनुहुन्न । राम्रो मेसिनका लागि तपाईंले दुई तीन हजार डलर पनि खर्च गर्नुपर्ने हुन्छ । गेमिङ ल्यापटप पाउने मूल्यमा पनि तपाईंले यो ल्यापटप पाउन सक्नु हुनेछ । यो सेग्मेन्टमा तपाईंले पावरफूल विण्डोज ल्यापटपहरु सर्फेस प्रो एक्स र सर्फेस ल्यापटप थ्री पाउन सक्नुहुन्छ ।

कम्प्युटिङ प्लेटफर्म

क्रोमबुक

क्रोमबुक एकदमै सामान्य मेसिन हो । त्यसमा क्रोम चल्छ । यसमा हुने भनेको त्यत्ति मात्र हो । यदि तपाईं आफ्नो ल्यापटप वेब ब्राउजरका लागि मात्र प्रयोग गर्नु हुन्छ भने क्रोमबुक चलाउन सक्नुहुन्छ । 

क्रोमबुक चलाउँदाको प्राथमिक फाइदा भनेको यसमा इन्टनेटमा कनेक्ट भएपछि गुगल अकाउन्टमा लग ईन हुने सेटअप राखिएको छ । क्रोमबुकलाई फ्याक्ट्रि सेटिङबाट रिसेट गर्न, लेटेस्ट भर्सनमा अपग्रेड गर्न तथा क्रोम सेटिङमा भएका केही लिंकलाई क्लिक गरेर स्टफ रि इन्स्टल गर्न सकिन्छ । 

क्रोमबुक विभिन्न मोडलमा पाउन सकिन्छ । यसको प्राइस रेञ्जमा पनि विविधता छ । तर सस्तोमा एकदमै स्लो छ भने महंगोमा राम्रो, अनि फास्ट छ । सस्तो मूल्यको क्रोमबुकमा थोरै र्‍याम, थोरै लोकल स्टोरेज, न्यून स्क्रिन क्वालिटी र न्यून ब्यूल्ड क्वालिटी रहेको छ । हाई एण्ड क्रोमबुकमा फास्ट प्रोसेसर, राम्रो र्‍याम र उत्कृष्ट स्क्रिन हुन्छ । 

तपाईं क्रोमबुक किनेर लामो समयसम्म चलाउने सोचिरहनुभएको छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । गुगलले आफ्नो इतिहास देखि नै प्रडक्टको प्रविधि छिटो छिटो परिवर्तन गर्दै आइरहेको छ । 

प्रयोगको सन्दर्भमा हेर्दा आधारभूत इन्टरनेट प्रयोगकर्ता क्रोमबुकसँग सन्तुष्ट नै हुनेछन् । यसमा तपाईंले फूल क्रोम एक्सटेन्सन र डेस्कटप क्रोम ब्राउजर चलाउन सक्नुहुन्छ । तर प्रयोगकर्ताले अनलाइनमा उपलब्ध नहुने अन्य कुनै पनि एप्लिकेसन यसमा चलाउन सक्दैनन् ।  

तपाईं गेमर हुनुहुन्छ, ब्राउजर गेम मन पर्छ भने तपाईंको लागि क्रोमबुक फाइदाजनक नै छ । यदी तपाईं प्रोग्रामर हुनुहुन्छ र ब्राउजरमा प्रोग्राम डेभलप गर्दै हुनुहुन्छ भने मात्र यो तपाई|का लागि उपयोगी हुनसक्छ । तर यदि तपाईं लोकल आईडीईबाट कोड गर्नुहुन्छ र इन्भाइरोमेन्ट टेस्ट गर्नुहुन्छ भने क्रोमबुकले मात्र तपाईंको काम हुनसक्दैन । त्यस्ता कति धेरै क्रोमबुक छन् । जसलाई फ्लिल्ममेकिङ तथा प्रोग्रामिङका लागि प्रयोग गर्न अनुपयुक्त छ । 

कसको लागि कति उपयुक्त ?

आधारभूत इन्टरनेट प्रयोगकर्ताको हिसावले नन ब्राउजर एप आवश्यक नभएसम्म यो तपाईंको लागि निकै राम्रो अप्सन हुनेछ । विद्यार्थीका लागि यो उत्कृष्ट अप्सन हो । तर स्कूलले तपाईंलाई कुनै पनि पुरानो विण्डोज प्रोग्राम लोड गर्न लगायो वा केही सपुर पावरफूल काम गर्न लगायो भने यो ल्यापटप एकदमै सिमित हुनेछ । 

गेम ब्राउज गर्नका लागि यो एकदमै खराब रोजाइ हो । फिल्ममेकरका लागि यो दोश्रो कम्प्युटरको रुपमा मात्र काम गर्न सक्छ । यसले धेरै भिडियोहरु इडिट गर्नसक्दैन । यदी तपाईं प्रोग्रामर हो र क्लाउडमा हुनुहुन्छ भने यो एउटा विकल्प हुन सक्छ । तर उत्कृष्ट अप्सन भने होइन । 

आईप्याड

एप्पलले विभिन्न आईप्याड मोडलहरु उपलब्ध गराउँदै आएको छ । सबैभन्दा सस्तो आधारभूत आईप्याड भनेको १०.२ इञ्चको ३२९ डलरको आइप्याड हो । जसको स्टोरेज मात्र ३२ जीबी रहेको छ । मूल्यको लागि यो राम्रो मेसिन हो । एप्पलले आईप्याड एयर पनि प्रदान गर्छ । तर हामी यसलाई खरिद नगर्न नै सुझाव दिन्छौं । 

एप्पलको ११ इञ्च र १२.९ इञ्चको आईप्याड प्रो मोडल पनि रहेका छन् । एप्पलका धेरै शक्तिशाली मोडल पनि रहेका छन् र तिनीहरुको मूल्य पनि एकदमै महंगो छ । एप्पलको सानो आईप्याड मिनी पनि रहेको छ । तर यो खरिद गर्न सुझाव दिन भने सक्दैनौँ । किनभने आकारमा यो ठूलो आईफोनको आकार जत्रो छ । सजिलो ल्यापटपको रुपमा प्रयोग गर्न यसको आकार पर्याप्त छैन ।

३२९ डलरको आधारभूत भेरियन्ट आईप्याड पनि प्रयोगका लागि शिफारिस योग्य नै छ । यसमा ३२ जीबी स्टोरेज र १५९ डलरको स्मार्ट किबोर्ड रहेको छ । यदि तपाईं कलाकार हुनुहुन्छ भने ४८८ डलरमा तपाईंले राम्रो मेसिन पाउन सक्नुहुन्छ । जसमा तपाईंले यसमा अतिरीक्त ९९ डलर र एप्पल पेन्सिल पनि पाउनसक्नुहुन्छ । 

आईप्याडमा तपाईं यो मूल्यभन्दा पनि माथि गएर खरिद गर्नसक्नुहुन्छ । जसमा अझ थप स्टोरोज पनि उपलब्ध हुन्छ भने आईप्याड थप शक्तिशाली पनि हुन्छ । कन्फिग्रेसन जे भए पनि आधारभूत प्रयोग एउटै हुन्छ । 

आईप्याडको ठूलो फाइदा के हो भने तपाईं आफ्नो फोनलाई जस्तै आईप्याडलाई पनि व्यवस्थापन गर्नसक्नुहुन्छ । आईफोन र आईक्लाउड प्रयोग गर्नु बाहेक आईप्याडका प्रयोगकर्ताले कन्फिग्रेसन, व्यवस्थापन वा ब्याकअप सिस्टम आदी कुनै पनि विषयमा तनाव लिनु पर्दैन । 

आईफोन र आईप्याडमा खासै केही फरक छैन । आईप्याड ओएसको लेटेस्ट भर्सनसँगै अब आईप्याडमा माउस र एक्सटर्नल मोनिटर पनि प्रयोग गर्न सकिन्छ । यो आईप्याडमा धेरै मिडिया एप्लिकेसनहरु हुनेछन् । जसमा भिडियो इडिङको फ्युजन पनि रहने छ । आईप्याडमा परम्परागत पीसी गेमहरु पाउन सकिदैन । आईओएसमा तपाईंले धेरै गेममा एक्सेस पाउन सक्नुहुन्छ । 

प्रोग्रामरको हकमा भने केमा कोडिङ गर्नुहुन्छ भन्ने कुराले फरक पार्छ । आईप्याडका लागि केही ठूलो नेटिभ कोडिङ इन्भाइरोमेन्ट रहेको छ । तर यसमा सबैकुरा फिट हुँदैन । यसमा भीएमएस वा कन्टेनर्स केही पनि रन हुँदैन । 

आईप्याडको स्क्रिनमा दुईओटा मूख्य सीमितता हुन्छन् । पहिलो कुरा त यसमा प्रयोगकर्ताले डेस्कटप ब्राउजर होइन, मोबाइल ब्राउजर चलाइरहेका हुन्छन् । थप गतिविधिका लागि यसमा कुनै समस्या छैन । तर यदि तपाईं ब्राउजर एक्सटेन्सन प्रयोगकर्ता हुनुहुन्छ भने आईप्याडबाट सन्तुष्ट रहनुसक्नु हुँदैन । 

एप्पलले मार्चमा ठूलो आईप्याड इभेन्ट आयोजना गर्दैछ । यसकारण उसले कस्ता अपग्रेडेड मोडलहरु ल्याउँदैछ भन्ने कुरा थाहा पाउन मार्चसम्म पर्खदा उपयुक्त हुन्छ । 

कसको लागि कति उपयुक्त ?

आधारभूत इन्टरनेट प्रयोगकर्ताका लागि ब्राउजर एक्सटेन्सन आवश्यक पर्दैन भने र तपाईं पहिलेदेखि नै आईफोनको प्रयोगकर्ता हुनुहुन्छ भने यो उत्कृष्ट अप्सन हो । 

आईओएसमा विद्यार्थीसँग सम्बन्धित एपहरुको ठूलो भण्डारण छ । साथै प्रोग्रामिङ अध्ययनरतका लागि यसले धेरै टूल उपलब्ध गराउँछ । यदि तपाईं सिरियिस रिपोर्ट वा थेसिस लेख्दै हुुनुहुन्छ भने तपाईंले विण्डोज टेन वा म्याक प्रयोग गर्नुपर्ने हुन्छ । किनभने धेरै ओपन विण्डोजले तपाईंलाई सहयोग गर्छ र साइटेसन सफ्टवेयरहरु पीसी तथा म्याक स्पेसिफिक हुन्छन् । 

गेमरका लागि यसमा धेरै आईओएस गेमहरु छन् र यसमा फर्टनाइट पनि खेल्न सकिन्छ । फिल्ममेकरका लागि पनि यो खराब रोजाइ होइन । तर फिल्ममेकरका लागि ठूला डिभाइस नै काम लाग्छन् । प्रोग्रामरका लागि यो पूर्णरुपमा डेभलपमेन्ट इन्भाइरोमेन्टमा निर्भर हुन्छ । आईप्याडमा स्विफ्ट इन्भाइरोमेन्ट काम लाग्छ । 

विण्डोज टेन 

विण्डोज टेन प्रयोग गरेकै कारण आजसम्म कोही कामबाट बाहिरनुपरेको छैन । तर यो धेरैको टाउको दुखाई भने अवश्य भएको छ । सामान्य प्रयोजनको लागि विण्डोज टेन अति आवश्यक नै बनिसकेको छ । मूल्य अनुसार यसमा विविध कन्फिग्रेसनका डिभाइस पनि पाउन सकिन्छ । विण्डोजले टच, पेन्सिल तथा टु इन वान स्क्रिन सपोर्ट गर्छ । 

तपाईं स्टोरबाट किनेर ल्याएको ल्यापटप सिधै चलाउनुहुन्छ भने यसमा धेरै ब्ल्टवेयर हुने सम्भावना हुन्छ । यसमा धेरै क्लिनअप र रिइन्स्टल खाँचो पर्नसक्छ । सबै एप्लिकेसनहरु एकअर्कासँग कम्प्याटिबल नहुनसक्छन् वा उस्तै पनि देखिनसक्छन् । विण्डोज मेसिनहरु सधैं मालवेयर तथा भाइरसको मूख्य निशाना बन्दै आइरहेका छन् । यसकारण विण्डोजका ल्यापटपहरु प्रयोग गर्दै गर्दा तपाईं सधै होशियार बन्नैपर्ने हुन्छ । 

केही विण्डोज एआरएम प्रोसेसरमा पनि चलिरहेका छन् । तर आज विण्डोज इन्टेल कोर प्रोसेसरमै आधारित छ । यसकारण यदि आज विण्डोज मेसिन खरीद गर्नु भयो भने तपाईंले एआरएम होइन इन्टेल प्रोससरवाला विण्डोज डिभाइस नै खरीद गर्दा लाभदायी हुन्छ । 

विण्डोज खरीद गर्दा तपाईं जतिसक्दो धेरै र्‍याम र स्टोरेज भएको उपकरण खरिद गर्नुहोस् । साथै हार्ड ड्राइभ स्टोरेजको साटो एसएसडी अर्थात् सोलिड स्टेट ड्राइभ रोज्नुहोस् । हार्ड ड्राइभमा आधारित स्टोरेज एकदमै सुस्त हुन्छ । 

स्क्रिनको साइज वाइड रेन्जमा उपलब्ध छन् । तर जति धेरै ठूलो स्क्रिन भयो त्यति नै धेरै ऊर्जा खपत हुन्छ र मेसिन पनि उत्तिकै गह्रुंगो हुन्छ । 

त्यसैले ब्याकअप सर्भिस लिनुहोस् र नियमित ब्याकअपमै काम गर्नुहोस् । यस्तो अवस्थामा एक्सटर्नल हार्ड ड्राइभले राम्रो काम गर्नेछ । मेसिनको लाइफ साइकलमा विण्डोज रिइन्स्टल गर्नुहोस् । 

कसको लागि कति उपयुक्त ?

विद्यार्थीका लागि विण्डोज टेन उपकरणको मूल्य भने राम्रो छ । तपाईं डिभाइसप्रति होशियार हुनुहुन्छ भने यसले तपाईंको पैसा अनुसार काम गर्छ । 

गेमरका लागि सीपीयू, र्‍याम, भिडियो कार्ड कन्फिग्रेसन राम्रो पाउन सके यो रोजाइ हुनेछ । हिट डिसिपेसन राम्रो भएको कुरामा सुनिश्चित हुनुहोस् । 

फिल्ममेकर हुनुहुन्छ भने तपाईं यसमा अडोब क्रिएटिभ क्लाउड वा डाभिन्सि रिजल्भ राम्ररी चलाउन सक्नुहुन्छ । तर एसएसडी र र्‍याम पर्याप्त मात्रामा रहेको कुरा चाहिँ निश्चित गर्नुहोस् । यदी तपाईं प्रोग्रामर हो भने यो तपाईंका लागि यो उत्कृष्ट रोजाइ हो । 

म्याकबुक प्रो

म्याकबुक प्रोको सुरुवाती मूल्य नै हजार डलर छ । यो एकपटक किनेपछि तपाईंले दुईदेखि तीनहजार डलरसम्म त्यसै पनि खर्च गर्नुपर्छ । अनुचित क्याप्पि किबोर्डका कारण वितेका केही वर्षदेखि म्याकबुक र म्याकबुक प्रोलाई मानिसहरुले खासै मन पराइरहेका छैनन् । यसमा पोर्ट पनि सीमित छ । यसमा चारओटा मात्र थण्डरबोल्ट पोर्ट रहेका छन् । 

अर्कोतर्फ २०१९ को १६ इञ्चको म्याकबुक प्रो पावर हाउस हो । यसमा रिडिजाइन्ड किबोर्ड रहेको छ । यसको मूल्य ६ हजार डलरमाथि छ । यसमा ८ टीबीसम्मको एसएसडी स्टोरेज र ६४ जीबी र्‍याम पाउन सकिन्छ । यदि तपाईंलाई पावरफूल ल्यापटप चाहिन्छ भने यो राम्रो रोजाइ हुनसक्छ । म्याक र म्याक ओएस प्रयोग गर्नुको पछाडि धेरै कारणहरु छन् । यसमा युजर इन्टरफेस  प्रयोग गरिएको छ । 

कसको लागि कति उपयुक्त ?

आधारभूत इन्टरनेट प्रयोगकर्ताले यसलाई मन पराउँछन् । तर यो केही महंगो छ । विद्यार्थीहरुका लागि भने म्याक महंगो रोजाइ हो । तर यदि तपाईं फिल्मको स्कूलमा हुनुहुन्छ भने तपाईंले म्याकबुक प्रो लिनुपर्ने हुन्छ । 

गेमरका लागि भने यो खासै राम्रो छैन । यदि तपाईं गेमर हो भने विण्डोज नै तपाईंको लागि राम्रो रोजाइ हो । फिल्ममेकरका लागि म्याक उपयुक्त रोजाइ हो । यस अलावा प्लस फाइनल कट प्रो एक्सले म्याकमा मात्र काम गर्छ । म्याक ओएसमा सोलिड सफ्टवेयर डेभलपमेन्ट एप्लिकेसन भएकै कारण धेरै प्रोग्रामरहरुले यसलाई मन पराउँछन् । 

अन्त्यमा

यदि तपाईं दुई सय डलरभन्दा थोरै खर्च गर्न चाहानुहुन्छ भने तपाईंले दुःख पाउँदै हुनुहुन्छ भनेर बुझे हुन्छ । यदि ३ सय डलरभन्दा कमको खरीद गर्न चाहनुहुन्छ भने क्रोमबुक तपाईंको राम्रो च्वाइस बन्नसक्छ । 

यदि तपाईसँग पाँच सय डलर छ र तपाईं आईप्याड किन्न चाहानुहुन्छ भने किबोर्ड सहितको आईप्याड राम्रो रोजाइ हो । यदि तपाईसँग पाँच सय डलर छ र तपाईं क्रोमप्रति अभ्यस्त हुनुहुन्छ भने क्रोमबुक नै तपाईंका लागि राम्रो हुन्छ । 

यदि तपाईं हजार डलरभन्दा धेरै खर्च गर्न चाहनुहुन्छ र भिडियो बनाउन चाहनुहुन्छ भने आईप्याड प्रोलाई नभुल्नुहोला । यदी तपाईं इन्टरनेट र बेसिक कम्प्युटिङ गर्दै हुनुहुन्छ भने तपाईसँग धेरै अप्सनहरु छन् । पावरफूल क्रोमबुक देखि विण्डोज अनि आईप्याडसम्म रोज्न सक्नुहुन्छ । तर म्याकबुक प्रो भने तपाईंको रेञ्जभन्दा बाहिर नै हुन्छ । 

यदि तपाईं एक हजारभन्दा धेरै खर्च गर्न चाहनुहुन्छ र कम्प्युटर कन्फिगर गर्न र मेन्टेन गर्न तयार हुनुहुन्न भने क्रोमबुक वा आईप्याड रोज्नुहोस् । यदि तपाईंलाई लामो ब्याट्री लाइफ आवश्यक छ भने म्याकबुक प्रो र आईप्याडमा राम्रो ब्याट्री रहेको छ । क्रोमबुक र विण्डोज ल्यापटपमा पनि यो छ । तर यो मोडल अनुसार फरक पर्छ । 

यदि तपाईं विण्डोज चाहनुहुन्छ भने तपाईंसँग धेरै रोजाइका विकल्प हुन सक्छन् । आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेजभन्दा माथि र एसएसडी हार्ड ड्राइभ भएको विण्डोज डिभाइस खरिद गर्नुहोस् । 

यदि तपाईंलाई म्याक मन पर्छ भने १६ इञ्चको म्याकबुक प्रो हेर्नुहोस् वा एप्पलले १३ इञ्चको मोडल नयाँ किबोर्डसहितको डिभाइस अपग्रेड नगरेसम्म पर्खनुहोस् । एप्पलले यो मेसिनमा १६ जीबी र्‍याम र १ टीबी एसएसडी स्टोरेज हुने बताएको छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०