close

आईफाेनमा यसरी चेक गर्नुहोस् आफ्नो गोपनीयता

टेकपाना टेकपाना

फागुन १७, २०७६ १६:२७

आईफाेनमा यसरी चेक गर्नुहोस् आफ्नो गोपनीयता

एजेन्सी । तपाईं जब पहिलोपटक कुनै नयाँ एप आफ्नो आईफोनमा खोल्नुहुन्छ तब तपाईंको फोनमा धेरै रिक्वेस्ट र नोटिफिकेसनहरु आउँछन् । जसले तपाईंलाई प्राइभेट इन्फर्मेसनमा एक्सेस पाउनका लागि विभिन्न रिक्वेस्टहरु पठाउने गर्छन् । 

यस्ता रिक्वेस्टलाई एसेप्ट गरेर हामीले हाम्रो लोकेसन तथा सम्पर्क नम्बर लगायतका पर्सनल डेटाहरुमा एक्सेस दिइरहेका हुन्छौं । तर यदि तपाईंले यी कुराहरुलाई स्वीकृति दिइसक्नु भएको छ भने पनि चिन्ता नगर्नुहोस् । तपाईंको लागि एउटा शुभ खबर छ ।

तपाईंले दिनुभएको त्यस्तो अप्रुभल सधैंका लागि हुने छैन । यसका लागि तपाईंले आफ्नो प्राइभेसी सेटिङलाई मिलाउनुहोस् र आफ्नो पर्सनल इन्फर्मेसनलाई सुरक्षित राख्नुहोस् । आईफोनमा तपाईंले दुई तरिकाले प्राइभेसी सेटिङ चेक गर्न सक्नुहुन्छ ।

१. डेडिकेटेड प्राइभेसी सेक्सनको प्रयोग गर्नुहोस्

आफ्नो आईफोनको सेटिङ एप खोल्नुहोस् । त्यसमा राखिएको प्राइभेसी अप्सन छनौट गर्नुहोस् । त्यसपछि तपाईंले आफ्नो फोनमा फिचर तथा इन्फर्मेसनको लिस्ट देख्नुहुन्छ । जसमा कुनै पनि एपले एक्सेस पाउन तपाईंको अनुमति लिनुपर्ने सिस्टम बनाउँछ । 

सबैभन्दा पहिले एप्सको क्याटागोरी ओपन गर्नुहोस् जस्तै फोटो एप।  अनि एक्सेस पाउन चाहने एपको सूचीमा हेर्नुहोस् । यदि टोगल स्विच अन छ भने त्यसले एक्सेस दिन्छ यदि छैन भने दिदैँन । 

एपको सूचीमा जानुहोस् र आफूले चाहेको एपमा मात्र एक्सेस दिनुहोस् । एउटा कुरा सम्झिरहनुहोस् कि जब तपाईं नयाँ इन्स्टल गर्नुहुन्छ तब अनुमतिलाई रद्द गेरेर तपाईंले एक्सेस ब्याक गर्ने आग्रह देख्नुहुन्छ । त्यस्तो समय हतारमा ट्याप नगर्नुहोस् । एकपटक राम्ररी पढ्नुहोस् । 

अनुसन्धानकर्ताहरुले गत डिसेम्बरमा चिपले प्रयोगकर्तालाई ट्र्याक गर्ने तथ्य पत्ता लगाएका थिए । यसलाई बन्द गर्न सेटिङबाट प्राइभेसीमा जानुहोस् । त्यसबाट लोकेसन सर्भिसमा गएर सिस्टम सर्भिसमा प्रवेश गर्नुहोस् । अब त्यहाँ नेटवर्क र वायरलेसलाई टर्न अफ गरिदिनुहोस् । 

२. सेटिङ एपमा निश्चित एपलाई डबल चेक गर्ने

तपाईसँग धेरै एप छन् भने हरेक एपमा अनुमति दिएको छ वा छैन भनेर चेक गरिरहन झन्झटिलो हुन्छ । प्राइभेसी सेटिङमा गएर एकै ठाउँमा सबै एप हेर्न सजिलो हुन्छ । तर त्यस्तो सूचीमा नभएको एप यस्तो बेला छुट्न सक्छ । 

डबल चेक भनेको एपको छुट्टा छुट्टै सेटिङ हो । सेटिङ एप ओपन गरेर र तल स्क्रोल गरेर आफ्नो आईफोन वा आईप्याडमा एपहरुको सूची पाउन सक्नुहुन्छ । 

यदि तपाईं फेसबुक एपले तपाईंको लोकेसनको एक्सेस पाएको छ वा छैन भनेर डबल चेक गर्न चाहनुहुन्छ भने सेटिङ एप खोल्नुहोस् ।  त्यसपछि स्क्रोल डाउन गरेर फेसबुकमा जानुहोस् र त्यसलाई छनौट गर्नुहोस् । त्यहाँ तपाईंले फेसबुलाई दिएको अनुमतिको समीक्षा गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०