close

तपाईंलाई पर्याप्त हुने ६ गूगल क्रोम एक्सटेन्सन

टेकपाना टेकपाना

फागुन १९, २०७६ १८:२३

तपाईंलाई पर्याप्त हुने ६ गूगल क्रोम एक्सटेन्सन

तपाईंसँग धेरै नै गूगल क्रोम एक्सटेन्सहरु छन् भने अब त्यसलाई घटाउनुहोस् । मात्र ६ ओटा क्रोम एक्सटेन्सन राख्नुहोस् । यी तपाईंलाई एकदमै आवश्यक छन्, जुन निःशूल्क रुपमा उपलब्ध छन् ।  

यस्ता एक्सटेन्सन दिइएको लिंकमा गएर डाउनलोड गर्न सक्नु हुनेछ । आवश्यक नपरेको खण्डमा तपाईंले पछि त्यसलाई हटाउन पनि सक्नुहुन्छ । यी एक्सटेन्सनबारे तपाईंको सहजताका लागि हामीले यहाँ उल्लेख गरेका छौँ । 

१. डक्स, सिट्स तथा स्लाइडका लागि अफिसियल इडिटिङ

माइक्रोसफ्टवको वर्ड, एक्सेल र पावरप्वाइन्ट फाइल हेर्न र इडिट गर्न तपाईंले आफ्नो कम्प्युटरमा अफिस इन्स्टल गरिरहनु पर्दैन । एकपटक एक्सटेन्सन इन्स्टल गरिसकेपछि जुनसुकै ठाउँमा खोलेको अफिस फाइल तपाईंले क्रोममा ड्र्याग गरेर जीमेल, गूगल ड्राइभमा डक्स, सिट्स र स्लाइड्समा हेर्न र इटिड गर्न सक्नुहुन्छ । 

एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

२. ट्याब र्‍याङ्गलर 

यो एक्सटेन्सनले  निष्कृय ट्याबहरुलाई स्वचालित रुपमा बन्द गरिदिन्छ । साथै त्यस्ता ट्याबहरुलाई सजिलै पुनः रिस्टोर गर्न पनि सकिन्छ । यसमा निश्चित समयपछि एपहरु आफै बन्द हुन्छन् । बन्द भएका ट्याबहरु सेभ भएर बस्छन् र चाँडै सजिलै खुल्छन् । 

क्रोम सिंक्रोनाइजेसनले कम्प्युटरबीचको सेटिङलाई सेभ गर्छ । यसले पिन भएका ट्याबहरुलाई भने बन्द गर्दैन । ट्याब बन्द हुनबाट लक गर्छ । 

एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

३. सेसन बुड्डी 

सेसन बुड्डी ब्राउजरको सेसन म्यानेजर हो । यसले तपाईंलाई धेरै काममा सहयोग गर्छ । खुला रहेका सबै ट्याबलाई यसले एकै ठाउँमा देखाउँछ । ओपन ट्याबलाई सेभ गर्छ र पछि रिस्टोर गरिदिन्छ । यसले मेमोरीलाई खाली गराउँछ र ट्याब क्लटर हटाउँछ । ब्राउजर वा सिस्टम क्य्रास भएपछि पनि यसले खोलिएका ट्याबहरुलाई रिस्टोर र रिकभर गराउँछ ।

यसले लिंकहरुलाई शिर्षकको आधारमा उपलब्ध गराउँछ र आवश्यकता अनुसार किवर्ड सर्च गरेकै आधारमा फेला पार्न सकिन्छ । यसले लिङ्क सेटलाई बलियो बनाउँछ र डुप्लिकेटलाई हटाउँछ । ईमले म्यासेज, डकुमेन्ट, स्प्रेडसिट्स तथा अनलाइन पोस्टहरुमा प्रयोग गर्न विभिन्न टेक्स्ट फर्म्याटमा लिंक सेटहरु एक्सपोर्ट गर्छ । साथै यूआरएलको लिस्टबाट सेसन पनि सिर्जना गर्छ । 

एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

४. टेम्परमंकी 

टेम्परमंकीले अनस्क्रिप्ट डाउनलोड तथा इन्स्टल गरेर तपाईंको वेब पेजलाई कस्टमाइज गर्न सहज बनाइदिन्छ । यो एउटा यस्तो एक्सटेन्सन हो, जसलाई तपाईंले एकपटक प्रयोग गरेपछि आफूले भिजिट गर्ने हरेक पेजहरु कस्टमाइज गर्न मन लाग्छ ।

तर यसको क्षमतालाई उपलब्ध स्क्रिप्टले सिमित बनाउँछ । तर यदि स्क्रिप्टलाई तपाईंले आफै बनाउनु भयो भने क्षमता पर्याप्त नै हुन्छ । 

एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

५. लास्टपास 

लास्टपास एउटा अत्यन्तै राम्रो पासवर्ड म्यानेजर हो । यसले लग ईन युजरनेम र पासवर्डलाई स्टोर गर्छ । यसले क्रेडिट कार्ड र सपिङ प्रोफाइललाई थप गरेर छिटो चेकआउट गर्न सघाउँछ । डक्स, पीडीएफ, तस्विर, अडियो लगायतका फाइलहरु एट्याच गर्छ । 

तपाईंले सुक्षित राख्न खोजेको जुनसुकै डेटा समेत यसले सेभ गर्छ र सजिलै फेला पार्न सहयोग गर्छ । यसले सिम्पल, सर्चगर्न सकिने भल्ट सबै व्यवस्थापन गर्छ । यसले तपाईंको पासवर्डलाई थप्न, एडिट, भ्यू, डिलिट र अर्गनाइज गर्छ । 

एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

६. भिजुअलपिङ

यो एक्स्टेन्सनले ब्राउजरमा तपाईंले चलाएको वेब पेजलाई मनिटर गर्न दिन्छ । जसले गर्दा स्वचालित रुपमा वेब पेजहरु परिवर्तन हुन्छन् । जब कुनै निश्चित पेज परिवर्तन हुन्छ, तब तपाईंलाई यसले सूचना दिन्छ । यसले तपाईंलाई फरकपनको बारेमा पनि जानकारी गराउँछ । 

एक्सटेन्सन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०