close

केबल तार भूमिगत गर्ने टेलिकमको मोडालिटी अस्वीकृत

टेकपाना टेकपाना

फागुन १९, २०७६ ९:३४

केबल तार भूमिगत गर्ने टेलिकमको मोडालिटी अस्वीकृत

काठमाडौं । काठमाडौं उपत्यकामा लथालिंग अवस्थामा रहेका केब तथा टेलिफोन तारको भूमिगत व्यवस्थापनका लागि नेपाल टेलिकमले बुझाएको मोडालिटी नेपाल दूरसञ्चार प्राधिकरणले फिर्ता गरिदिएको छ । टेलिकमले पेश गरेको मोडालिटी पर्याप्त नभएको भन्दै पुनः तयार गर्न भन्दै नियामकले टेलिकमलाई नै फिर्ता पठाएको हो ।

मोडालिटीमा टेलिकमले लागतको विषयमा कुनै पनि विषय उल्लेख गरेको थिएन । कम्पनीले करीब तीन हप्ता अघि मोडालिटी पेस गरेको थियो । तर गहिराइमा नगई मोडालिटी तयार पारेकाले फिर्ता पठाइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

मोडालिटीमा नेटवर्क शेयरिङ, लागत तथा अन्य आईएसपी तथा नेटवर्क प्रयोगकर्तालाई कसरी समावेश गराउने भन्ने जस्ता विषय समावेश नगरिएको प्राधिकरणले जनाएको छ । समयमै मोडालिटी बन्न नसक्दा केबल तारको भूमिगत व्यवस्थापनको काममा ढिलाई भइरहेको छ ।

सय भन्दा धेरै आईएसपी, ६ वटा दूरसञ्चार कम्पनी तथा केबल टेलिभिजन सेवा प्रदायकहरुबीच भविष्यमा किचलोको वातावरण आउन नदिनेगरी मोडालिटी तयार पार्न आवश्यक रहेको प्रवक्ता अर्यालको भनाई छ ।

यस अघि प्राधिकरणले सरकारको निर्देशनमा बिना प्रतिस्पर्धा टेलिकमलाई तार भूमिगत गर्ने जिम्मा दिएको थियो । एफटीटीएच तथा वायरलेस इन्टरनेटमा ठूलो हिस्सा रहेको आईएसपीलाई नै समावेश नगरी एकलौटी निर्णय गरिको भन्दै सरोकारवालाहरुले त्यसको आलोचना समेत गर्दै आएका छन् । निर्देशनमा प्राधिकरणले आईएसपीलाई समेत स्वीकार्य हुने किसिमको संचरनागत, शेयरिङ तथा लागत मोडालिटी तयार गर्न टेलिकमलाई भनेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०