close

सञ्चारमन्त्रिबाट १३ दिनमै विदा भए खतिवडा

टेकपाना टेकपाना

फागुन २०, २०७६ १७:१९

सञ्चारमन्त्रिबाट १३ दिनमै विदा भए खतिवडा

काठमाडौं । युवराज खतिवडा सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीबाट १३ दिनमै विदा भएका छन् । मंगलबार राती राष्ट्रिय सभा सदस्यको पदावधि सकिन लागेका उनले त्यस अगावै अर्थ र सञ्चार तथा सूचना प्रविधि गरी दुबै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ७० करोड कमिसन प्रकरणका कारण पदबाट राजीनामा दिएपछि गत फागुन ८ मा उक्त मन्त्रलयको जिम्मेवारी खतिवडाले पाएका थिए । यद्यपी संघीय संसद सदस्य नरहेको व्यक्ति समेत मन्त्रीमा नियुक्त हुन सक्ने संविधानको अन्तरकालीन व्यवस्था अनुसार उनी बुधबार पुनः मन्त्री नियुक्त हुने बताइएको छ । मन्त्रीको सपथ लिएको ६ महिनाभीत्र संसदको सदस्यता लिइसक्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०