close

कृषि विकास बैंक फोन-पेको नेटवर्कमा

टेकपाना टेकपाना

फागुन २१, २०७६ १५:१२

कृषि विकास बैंक फोन-पेको नेटवर्कमा

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोन-पे र कृषि विकास बैंक बिच सम्झौता भएको छ । सम्झौतासँगै अब फोन-पेका सम्पुर्ण सेवा कृषि विकास बैंकको मोबाइल बैंकिङमार्फत लिन सकिने भएको छ ।

यसैगरी कृषि विकास बैंकले बजारमा मर्चेन्ट विस्तार गर्नेछ । जहाँबाट ग्राहकले आफ्नो मोबाइल बैंकिङ मार्फत विभिन्न प्रकारका किनमेल तथा भुक्तानी गर्न सकिने उल्लेख गरिएको छ ।

सम्झौतामा फोन-पेको तर्फबाट एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

बैंक र फोन-पेबीच भएको सम्झौताले नेपाल सरकारले अवलम्बन गरेको विद्युतीय माध्यमबाट भुक्तानी गर्ने कार्यक्रममा थप योगदान पुग्ने बैंकको विश्वास छ ।

बैंकका डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख वाशु अधिकारीले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बैंकसँग खाता भएका ग्राहकले निश्चित छूट सुविधा समेत पाउने बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०