close

रियलमी सिक्स र सिक्स प्रो सार्वजनिक, कति होला मूल्य ?

टेकपाना टेकपाना

फागुन २३, २०७६ ११:७

रियलमी सिक्स र सिक्स प्रो सार्वजनिक, कति होला मूल्य ?

एजेन्सी । साओमी कम्पनीको प्रमुख प्रतिस्पर्धी रहेको रियलमीले रियलमी सिक्स र रियलमी सिक्स प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले रेड्मीको नोट रेञ्जसँग प्रतिस्पर्धा गर्न यो फोन बजारमा सार्वजनिक गरेको हो ।

रियलमी सिक्स रियलमी फाइभ प्रोको सिक्वेल रहेको कम्पनीले बताएको छ । रियलमीले दुबै फोनमा ९० हर्ज एफएचडी प्लस एलसीडी स्क्रिन दिएको छ । यसमा पञ्च होल कटआउट्स रहेका छन् । फोनमा ४३ सय एमएएचको ब्याट्री प्रयोग गरिएको छ । 

फोनको साइडमा फिंगरप्रिन्ट स्क्यानर छ । यसमा स्टोरेज विस्तार, स्प्लास रेसिस्टेन्स (हलुका पानी छल्न सक्ने), रियलमी यूआई एअप एन्ड्रोइड टेन र ३० वाटको फास्ट चार्जिङ रहेको छ । यो फोन एक घण्टामा नै फूल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । 

वास्तवमा रियलमी सिक्स प्रो उसको आधारभूत मोडलभन्दा फरक छ । किनभने यसमा स्नापड्रागन ७२० जी चिपसेट प्रयोग भएको छ । यसमा डुअल फ्रिक्वेन्सी जीपीएस, १६ मेगापिक्सेल प्लस र आठ मेगापिक्सेल गरी दुईवटा सेल्फी क्यामेरा रहेका छन् । 

रियलमी सिक्समा हेलियो जी नाइन्टीटी प्रोसेसर र १६ मेगापिक्सेलको सेल्फी स्नापर रहेको छ । यी दुबै फोनमा ६४ मेगापिक्सेलको मेन क्यामेरासहितको क्वाड क्यामेरा रहेको छ । यसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड स्नापर र २ मेगापिक्सल्सको म्याक्रो क्यामेरा रहेका छन् । 

यसको प्रो मोडलमा १२ मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहेको छ भने रियलमी सिक्समा २ मेगापिक्सल्सको मोनोक्रोम सेन्सर छ । 

यसको मूल्यको कुरा गर्दा यसको चार जीबी र्‍याम र ६४ जीबी स्टोरेज रहेको फोनको मूल्य २१ हजार रुपैयाँबाट सुरु छ । यस्तै ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेजको चाहिँ २४ हजार रुपैयाँ पर्ने बताइएको छ।

यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २७ हजार रुपैयाँ रहेको छ । रियलमी प्रोको मूल्य भने ६ जीबी र्‍यामको करीब २८ हजार रुपैयाँ छ । यस्तै ४ जीबी भेरियन्टको मूल्य करीब १८ हजार रुपैयाँ छ ।

यद्यपी नेपाली बजारमा आउन र आधिकारिक मूल्य तय हुन भने केही समय लाग्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०