close

अब डेटा प्याकेज सकिनै लाग्दा टेलिकमको अलर्ट म्यासेज

टेकपाना टेकपाना

फागुन २४, २०७६ ८:३६

अब डेटा  प्याकेज सकिनै लाग्दा टेलिकमको अलर्ट म्यासेज

नेपाल टेलिकमले डेटा प्याकेज सकिनै लाग्दा अलर्ट म्यासेज दिने भएको छ । कम्पनीले फागुन २२ मा मोबाइल सेवाको सिस्टम अपग्रेड सम्पन्न गरेसँगै अलर्ट दिन थालेको हो । 

सिस्टम अपग्रेडबाट डेटाको स्पीड बढ्नुका साथै डेटा चलाउँदै गर्दा ८० प्रतिशत प्याकेज सकिएमा तथा सबै प्याकेज सकिनै लाग्दा सेवाग्राहीले अलर्ट म्यासेज प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीले डेटा सेवाका लागि विगतमा प्रयोग गर्दै आएको पीआरएफ सिस्टमलाई नयाँमा अपग्रेड गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१