close

प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न फूडमाण्डुको आग्रह

टेकपाना टेकपाना

फागुन २६, २०७६ १९:३२

प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न फूडमाण्डुको आग्रह

फूडमाण्डुले आफ्ना प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । शनिबार राती भएको साइबर आक्रमणका कारण प्रयोगकर्ताको नाम, ठेगाना, ईमेल र फोन नम्बर सहितको व्यक्तिगत जानकारी चोरी भएपछि कम्पनीले आफ्ना प्रयोगकर्तालाई सचेत रहन आग्रह गरेको हो ।

फूडमाण्डुले अन्य जानकारी चोरी भए पनि पासवर्ड भने सुरक्षित रहेको जनाएको छ । यद्यपी कम्पनीले समय समयमा पासवर्ड परिवर्तन गर्न, अपरिचित नम्बरबाट आएका कल रिसिभ नगर्न र समस्या समाधान गर्न भन्दै ईमेल तथा एसएमएसबाट आएका लिङ्क क्लिन नगर्न समेत आग्रह गरेको छ ।

साइबर आक्रमणलगत्तै ह्याकर समूहले गिटहब नामक कोड सेयरिङ वेबसाइट प्लेटफर्म मार्फत चोरी भएको करीब ५० हजार प्रयोगकर्ताको डाटा सार्वजनिक गरेको थियो । तर आइतबार भने उक्त डाटा वेबसाइटबाट हटाइएको छ ।

फूडमाण्डुले साइबर आक्रमणको विषयमा डिजिटल फरेन्सिकसँगै सेक्युरिटी एक्सपर्टको सहयोगमा अनुसन्धान  जारी रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । ‘हामीले साइबर ब्युरोलाई जानकारी गराउनुका साथै उजुरी समेत दर्ता गराइसकेका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा हामीले प्रयोगकर्तालाई व्यक्तिगत रुपमा समेत  जानकारी गराएका छौँ । आगामी दिनमा यस किसिमका घटना दोहोरिन नदिने गरी हामीले आवश्यक काम पनि अगाडि बढाएका छौँ ।’

Image may contain: text

व्यक्तिगत सूचना तथा जानकारी चोरीबाट प्रयोगकर्तामा पर्न गएको असुविधाप्रति फूडमाण्डुले माफी समेत मागेको छ । उसले आफ्ना ग्राहकलाई आश्वस्त पार्दै भनेको छ, ‘फेरी पनि ग्राहकको डाटा संरक्षण गर्न हामी हाम्रोतर्फबाट पूर्ण प्रतिवद्धता दोहोर्‍याउन चाहन्छौँ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१