close

गूगलले प्लेस्टोरबाट हटायो कोरोना पहिचान गर्ने इरानी एप !

टेकपाना टेकपाना

फागुन २८, २०७६ १८:५

गूगलले प्लेस्टोरबाट हटायो कोरोना पहिचान गर्ने इरानी एप !

एजेन्सी । अन्य मुलुकहरुको तुलनामा इरान कोरोना संक्रमणबाट अत्यन्तै नराम्रोसँग प्रभावित भएको छ । मंगलबार बेलुकीसम्म उक्त भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इरानमा  मात्रै २९१ पुगेको छ । 

इरान अहिले उच्च संक्रमित मुलुकको तेस्रो स्थानमा छ । कोरोनाको संक्रमण फैलिन नदिन विद्यालय बन्द गर्नुका साथै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु पनि रद्द गरिएका छन् । 

साथै इरानले एउटा एन्ड्रोइड एप पनि सार्वजनिक गरेको छ । उक्त एपले मानिसहरुलाई अस्पताल नगई आफै कोरोना भाइरसको पहिचान गर्न सघाउने काम गर्छ । 

तर गूगलले भने आफ्नो प्ले स्टोरबाट उक्त एपलाई भर्खरै हटाइएको खबर जेडडी नेटमा प्रकाशित भएको छ । एपबाट कोरोना पहिचान नहुने र यसले मानिसलाई गलत दिशामा डोर्‍याउने भन्दै उक्त एप प्ले स्टोरबाट हटाइएको हो । 

प्ले स्टोरमा नपाइए पनि वेबमा राखिएको उक्त एपलाई इरानी सरकारले जनतामाथि गुप्तचरी गर्न प्रयोगमा ल्याएको भन्ने किसिमका चिन्ताहरु व्यक्त भएका थिए । तर लुकास स्टिफान्को नामक मालवेयर रिसर्चरले उक्त एपमा मानिसमाथि निगरानी राख्ने त्यस्तो केही नपाइएको बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१