close

एफवान सफ्टले सुरु गर्‍यो ‘क्वीक भुक्तानी’ सेवा

टेकपाना टेकपाना

फागुन २९, २०७६ ११:३

एफवान सफ्टले सुरु गर्‍यो ‘क्वीक भुक्तानी’ सेवा

काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको सुरुवात गरेको छ । नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवा प्रयोग गर्ने प्रथम प्रयोगकर्ता कम्पनीले सम्मान समेत गरेको छ ।

सम्मानित हुनेमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम क्रेता कम्पनीको रुपमा हामा कन्सट्रक्सन प्रालि र प्रथम बिक्रेता कम्पनीको रुपमा बिएल स्टील प्रालि रहेका छन् । ‘क्वीक भुक्तानी’ युकेएड सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनलले तयार पारेको हो ।

यसमा आबद्ध बैंकहरुले आफ्ना ग्राहकलाई यस प्लाटफर्ममार्फत रिभर्स फ्याक्टरिङ मोडलमा इन्भ्वाइस डिस्काउन्टिङको सेवा उपलब्ध गराउछन् । भने एफवान सफ्टले त्यसको व्यवस्थापन तथा प्राविधिक सहयोग गर्ने उल्लेख गरिएको छ ।

‘क्वीक भुक्तानी’ ले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लायर),सामान तथा सेवा किन्ने क्रेता कम्पनी र ती कम्पनीसँग आबद्ध बैंकलाई एकै ठाउँमा ल्याउँदछ । सप्लायरले, यो प्लाटफर्र्र्र्म प्रयोग गरी, आपूर्ति गरिएको सामान तथा सेवाको बिल क्रेता कम्पनीबाट प्रमाणित गर्न पाउँदछन र त्यही प्रमाणित बिल बैंकमा प्रस्तुत गरी तुरुन्त रकम भुक्तानी लिन सकिने एफवान सफ्टले जनाएको छ ।

यसरी सप्लायरलाई बिलको रकम तुरुन्त भुक्तानी गर्दा बैंकले आफ्नो सेवा शुल्क कटाइ भुक्तानी गर्नेछ र पछि तोकिएको मितिमा बिलको सम्र्पूण रकम क्रेता कम्पनीबाट प्राप्त गर्न सकिने उल्लेख छ ।

हाल क्वीक भुक्तानी’ प्लाटफर्म लक्ष्मी बैंक र मेगा बैंक आबद्ध भएका छन् भने अन्य बैंकहरु पनि आबद्ध हुने प्रक्रियामा रेहेको एफवान सफ्टले जनाएको छ । एफवान सफ्टका अनुसार अधिकांश कारोबार उधारोमा हुने नेपालको ब्यापारिक परिवेशमा ‘क्वीक भुक्तानी’ एकदमै सान्दर्विक र लाभदायक हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१