close

विश्व जोड्ने वर्ल्ड वाइड वेब आविष्कारको ३० वर्ष पुरा

टेकपाना टेकपाना

फागुन २९, २०७६ १४:४९

विश्व जोड्ने वर्ल्ड वाइड वेब आविष्कारको ३० वर्ष पुरा

काठमाडौं । धेरै कम्प्युटरहरु एकअर्कासँग जोडिएर बनेको सञ्जाल नै इन्टरनेट हो । तर वर्ल्ड वाइड वेबको जन्मले प्रविधिलाई यस्तो बनाइदियो कि सबै सूचनाहरु एअर्कोसँग जोडिए र त्यो सबैको पहुँचमा पुग्यो । 

वर्ल्ड वाइड वेब वास्तवमा एउटा वेबपेजहरुको संग्रह हो, जुन कम्प्युटरको नेटवर्कभीत्र पाइन्छ । हाम्रो ब्राउजरले इन्टरनेटको सहारा लिएर वर्ल्ड वाइड वेबसम्म पुहँच पुर्‍याउँछ । 

आज हामी जुन वर्ल्ड वाइड वेबमा बाँचिरहेका छौँ, त्यो सन् १९८९ मा सर टिम बरर्नर्स लीले बनाएका हुन् । वर्ल्ड वाइड वेब निर्माणको क्रममा उनले यस्तो किसिमको कुनै प्रविधि आफूले बनाउँदै छु भनेर सोचेका थिएनन् ।

त्यस ताका उनी आफ्ना सामान्य प्रयोगहरुबाट आएका डेटाहरु शेयर गर्ने वैज्ञानिक विधिको खोजी गर्दै थिए । इन्टरनेट र हाइपर टेक्स्टहरु त्यस अघिदेखि नै अस्तित्वमा थिए ।

तर त्यसताका इन्टरनेटको प्रयोगबाट एउटा डकुमेन्ट अर्को डकुमेन्टसँग लिंक गराउन सकिने तरिकाको बारेमा कसैले पनि सोचका थिएनन् । बर्नर्स लीले वर्ल्ड वाइड वेबको सिर्जना त्यतिखेर गरे, जब उनी सीईआरएनमा कार्यरत थिए ।

सीईआरएन स्विटजरल्याण्डस्थित एउटा परमाणु अनुसन्धान सम्बन्धि युरोपेली कम्पनी हो । तर उनको सोचाई विस्तारै वृहत् हुँदै गयो ।

उनी यस्तो सञ्जाल बनाउन चाहन्थे जहाँ सूचनाहरु शेयर गर्न सकियोस्, त्यो विश्वव्यापी होस् र सबैले निःशूल्क इन्फर्मेसन स्पेस होस् र ज्ञान शेयर गर्न, सञ्चार गर्न र समन्वय गर्न सक्ने किसिमको होस् । 

यो कामलाई उनले कालान्तरमा मूर्तरुप पनि दिए । वर्ल्ड वाइड वेब बन्ने तीन वटा चिजको आवश्यक थियो । पहिलो यूआरएल अर्थात् युनिफर्म रिसोर्स लोकेटर, यो डक्युमेन्ट खोज्ने एड्रेसिङ स्किम हो ।

यस्तै दोस्रो भनेको एचटीटीपी अर्थात् हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल । यसले चाहिँ कम्प्युटरहरुलाई एकअर्कोसँग जोड्छ । अनि अर्को भनेको एचटीएमएल अर्थात् हाइपर टेक्स्ट मार्कअप ल्याङ्वेज हो ।

यसले हाइपरटेक्स्ट लिंक भएका पेजहरुलाई फर्म्याट अर्थात एउटा ढाँचामा राख्छ । बरर्नर्स लीले विश्वको पहिलो वेब ब्राउजर र वेब सर्भर पनि बनाए । १९९० को दशकमा वेब ब्राउजर हुने क्रम तीब्र गतिमा बढ्यो र यससँगै वेबमा आधारित प्रविधिहरु पनि उत्पन्न हुन थाले । 

यसरी विकास भयो वर्ल्ड वाइड वेब 

वैज्ञानिक र सिर्जनात्मक व्यक्तिहरुले एउटा कनेक्टेड इन्फर्मेसन विश्वको परिकल्पना गरेका थिए । करीब १९४५ तिर भानिभार बुसले एउटा भव्य पुस्तकालयको परिकल्पना गरे, जसले डेटाहरु लिंक गराउन सक्दथ्यो ।

पछि १९६२ मा जेसीआर लिकलाइडरले ग्लोबल कम्प्युटर नेवटर्कको परिकल्पना गरे । अनि अमेरिका र वेलायतका विज्ञहरुले प्याकेट स्विचिङ आविष्कार गरे । जसले अनलाइनबाट पठाइएका डेटाहरुलाई टुक्राउने र जोड्ने काम गर्दथ्यो ।

अमेरिकी रक्षा मन्त्रालयमा बनाइएको वेबको प्रोटोटाइप अर्पानेटलाई यसले बलियो आधार दियो ।  १९७४ मा भिन्ट सेर्फ र बोन कानले टीसीपी आईपी सार्वजनिक गरे, जुन डेटा पठाउने र प्राप्त गर्ने एउटा नियम थियो । पहिलो मेल इंजिनियर रे टोमलीसनले १९७१ मा पठाए । 

पछि १९८० मा आएर टिम बर्नर्स लीले वर्ल्ड वाइड वेब तथा हाइपरटेक्स्ट बनाए । १९८३ मा आएर पौल मोकापेट्रिसले वेब पेजलाइ लोकेट गर्न र नाम दिन डोमेन सिस्टम डिजाइन गरे । 

धेरै मानिसहरु अनलाइनमा आउन थाले पछि १९९० मा ब्राउजरको एक किसिमको युद्ध नै उत्पन्न भएको थियो । अत्यधिक वेब पेजहरुको संख्यामा बढोत्तरी भयो । 

वर्ल्ड वाइड वेब आएसँगै यसले सबैका लागि इन्टरनेट खुल्ला गरिदियो । यसले विश्वलाई यसरी जोडिदियो कि संसारभरका मानिसहरुलाई सूचना पाउन, शेयर गर्न र सञ्चार गर्न धेरै सजिलो भयो ।

आज त्यो वर्ल्ड वाइड वेबको जन्म भएको पनि ३० वर्ष पुगिसकेको छ । ३१ औं वर्षमा प्रवेश गर्दैगर्दा आज पाँच अर्ब मानिसहरु यसको पहुँचभित्र छन् ।

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१