close

एनसेलको ‘कल आयो पैसा पायो’ अफरमा थप सुविधा

टेकपाना टेकपाना

फागुन २९, २०७६ १८:१४

एनसेलको ‘कल आयो पैसा पायो’ अफरमा थप सुविधा

काठमाडौंं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अझ बढी बोनसका साथ आफ्नो ‘कस्टमर लोयल्टी’ कार्यक्रम अन्तर्गतको ‘कल आयो, पैसा पायो’ अफर सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढी कुरा गर्दा प्रत्येक मिनेट बराबर २ रुपैयाँ बोनस प्राप्त गर्न सक्छन् ।

एनसेलका ग्राहकले विदेशबाट आफ्ना आएका कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउनेछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० सम्म बोनस प्राप्त गर्नेछन् ।

३ दिनसम्म मान्य हुने यस्तो बोनसबाट प्रयोगकर्ताले एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् ।

त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन् । बुधबार (फागुन २८) बाट सुरु भएको यो अफर ३ महिनासम्म जारी रहने कम्पनीले जनाएको छ ।

बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पुरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसङ ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक साता १० जना ग्राहकले १÷१ थान स्मार्टफोन पाउनेछन् ।

कम्पनीका अनुसार एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१