close

बोलेको आवाज अनुवाद गरी अक्षरमा उतार्ने फिचर एन्ड्रोइड मोबाइलमा

टेकपाना टेकपाना

चैत ६, २०७६ १६:५३

बोलेको आवाज अनुवाद गरी अक्षरमा उतार्ने फिचर एन्ड्रोइड मोबाइलमा

एजेन्सी । आर्टिफिशियल इन्टेलिजेन्समा अधारित गूगल ट्रान्सलेसनको नयाँ ट्रान्सक्रिप्सन फिचर एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि सार्वजनिक भएको छ । बोलेको आवाज अक्षरमा उतार्ने उक्त फिचर यसअघि गत जनवरीमा डेमोको रुपमा प्रदर्शन गरिएको थियो ।

नयाँ ट्रान्सक्रिप्सन फिचरले कुनै पनि रेडर्क गरिएको तथा लाइभ आवाजलाई अनुवाद गरी अक्षरमा उतार्नेछ । यो सम्पूर्ण प्रक्रिया रियल टाइममा (तत्कालै) हुन्छ । यसको मतलव यो फिचरले आवाजलाई शब्दमा उतार्न कुनै समय लगाउने छैन ।

भर्खरै सार्वजनिक भएको यो फिचर शनिबारसम्ममा सबै प्रयोगकर्ताका लागि उपलब्ध हुने कम्पनीले जनएको छ । यो फिचरले प्राथमिक चरणमा अंग्रेजी, फ्रेन्च, जर्मन, हिन्दी, पोर्चुगिज, रसियन, स्पेनिस र थाई भाषामा अनुवादको काम गर्नेछ ।

यसको अर्थ हाल यी भाषाहरुको आवाज यीनै मध्येका कुनैपनि भाषाहरुमा अनुवाद गर्न सकिनेछ । गूगल सफ्टवेयरले टेन्सर प्रोसेसिङ युनिट्स (टीपीयू), क्लाउड सर्भर प्रयोग गर्ने कार्यमा एआईमा आधारित प्रोसेसिङ चिपसँग सञ्चार गर्नुपर्ने हुँदा यो फिचरका लागि इन्टरनेट कनेक्सन भने आवश्यक हुन्छ ।

लाइभ ट्रान्सक्रिप्सनका लागि गूगलले यो फिचर सुरुवाती चरणमा एन्ड्रोइड फोनहरुका लागि मात्र सार्वजनिक हुने र पछि आईओएसमा पनि राखिने बताएको छ । गूगल ट्रान्सलेट एप अपडेट गरेपछि यो फिचर मोबाइलमा देख्न सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१