close

यी आधिकारिक फोन नम्बर जसले लकडाउनमा तपाइलाई सहयोग पुर्‍याउनेछ

टेकपाना टेकपाना

चैत १३, २०७६ ८:५८

यी आधिकारिक फोन नम्बर जसले लकडाउनमा तपाइलाई सहयोग पुर्‍याउनेछ

यतिबेला सारा देश लकडाउनको परिस्थितिमा छ । सरकारले घरबाहिर ननिस्कन बारम्बार आग्रह गरिरहेको छ । चैत ११ देखि १८ गतेसम्म सरकारले लकडाउन घोषणा गरेको छ । यद्यपि यस्तो लकडाउन थप बढ्न सक्ने संकेत मन्त्रीहरुले गरिरहेका छन ।

लकडाउनमै समस्या परे के गर्ने ? खाद्यान्न सकिएर अभावको परिस्थिती सिर्जना भए के गर्ने ? यस्तो विषम परिस्थितिका लागि केहि हेल्पलाइन तोकिएका छन । ती हेल्पलाइनमा फोन गरेर तपाईं आफ्नो समस्या समाधान गर्न सक्नुहुनेछ ।

११३७- घरघरमै खाद्यान्न डेलिभरी गर्ने उद्देश्यसहित यो हेल्पलाइन तोकिएको छ । तत्काललाई काठमाडौमा मात्र सिमित गर्ने योजना छ । अथावा गुनासाे गर्न परेमा पनि उक्त नम्बर प्रयाेग गर्न सिकनेछ । साथै बाणिज्य आपूर्ति तथा उपभाेक्ता स‌ंरक्षण विभागकाे ट्वीवटर, भाइबर(९८५११८०९५९), ईमाे, स्काइप, एसएमएस मार्फत पनि गुनासाे गर्न सिकने छ । ११८०- लकडाउनमा कुनै किसिमको समस्या आयो भने तपाईं यो हेल्पलाइनमा फोन गरेर भन्न सक्नुहुन्छ ।

१११५- लकडाउनको अवस्थामा स्वास्थ्य सम्बन्धि कुनै समस्या देखिएमा यो नम्बरमा फोन गरेर परामर्श लिन सक्नुहुनेछ । ९८५१२५४६६६- नेपालमा रहेका पर्यटक अलपत्र परे यो नम्बरमा फोन गरेर उद्दारका लागि सहयोग गर्न सकिन्छ ।

(नोट: सरकारले हेल्पलाइनका थप नयाँ व्यवस्था गरे यसमै थप गर्दै जानेछौ – सम्पादक)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६