close

फूडमाण्डु पुनः सञ्चालनमा, लकडाउनको समयमा किरानाका सामान घरमै ल्याइदिने

टेकपाना टेकपाना

चैत १५, २०७६ १३:८

फूडमाण्डु पुनः सञ्चालनमा, लकडाउनको समयमा किरानाका सामान घरमै ल्याइदिने

काठमाडौं । अनलाइन अर्डरमा खाना तथा खाजाको डेलिभरी सेवा दिँदै आएको फूडमाण्डु पुनः सञ्चालनमा आएको छ । कोरोना भाइरसका कारण मुलुक नै लकडाउन भएसँगै बन्द भएको फूडमाण्डु अत्यावश्यक सेवा दिने गरी सञ्चालनमा आएको हो ।

फूडमाण्डुलाई अत्यावश्यकीय वस्तु बिक्री तथा डेलिभरीका लागि सरकारले अनुमति दिइसकेको छ । कठीन परिस्थितिमा ग्राहकको सेवाका लागि आफूहरुले कडा मेहेनत गरिरहेको फूडमाण्डुले जनाएको छ ।

लकडाउनको समयमा उसले यस अघि जस्तो होटेल तथा रेस्टुरेन्टबाट खाजा तथा खानाको डेलिभरी भने दिने छैन ।

अत्यावश्यक वस्तुको रुपमा ताजा तरकारी, माछामासु, दुध, दही जस्ता सामग्रीको डेलिभरी दिइने फूडमाण्डुले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६