close

फेसबुक म्यासेन्जर अब डेस्कटप भर्सनमा,म्याक र विण्डोजमा उपलब्ध

टेकपाना टेकपाना

चैत २१, २०७६ १०:१३

फेसबुक म्यासेन्जर अब डेस्कटप भर्सनमा,म्याक र विण्डोजमा उपलब्ध

काठमाडौं । फेसबुले बिहिबारदेखि म्यासेन्जरको डेस्कटप भर्जन सार्वजनिक गरेको छ । यो सँगै प्रयोगकर्ताले अब डेक्सटपबाटै भिडियो तथा अडियो कल सहजै रुपमा गर्न सक्ने भएका छन् ।
कम्पनीले एप्पलको म्याकमाइक्रोसफ्ट विण्डोजमा सर्पोट गर्ने गरि डेस्कटप भर्सन सार्वजनिक गरेको हो ।

म्यासेन्जरको डेस्कटप भर्सन लामो समयदेखि चर्चाको विषय बन्दै आएको थियो । तर, अहिले भने कम्पनीले हालाको परिस्थितीलाई मध्यनजर गर्दै यसलाई सार्बजनिक गरेको जनाएको छ । हाल कोरोनाभाइरस कारण भिडियो कन्फ्रेन्सिङ एप्सको माग बढेको छ ।

Photo : techcrunch.com

लकडाउनका कारण घरमै बसेर अफिसको कामगर्ने, भिडियोमा साथिभाइहरुसँग कुराकानी गर्नेको संख्या बढेको छ । फेसबुकका अनुसार पछिल्लो एक हप्ताको अवधिमा म्यासेन्जरबाट भिडियो कल गर्नेको संख्या सामान्यतया भन्दा सत प्रतिशतले बढेको छ ।

पछिल्लो एक हप्तामा मात्रै कुल ६ करोड २० लाख भिडियो कन्फ्रेन्सिङ एप डाउनलोड भएको उल्लेख गरिएको छ । एप एनीका अनुसार पछिल्लो एक हप्तामामात्रै यस्तो एपको डाउनलोड ९० प्रशितले बढेको छ ।

जुन एप स्टारेमै अहिले सम्म भएको ठुलो वृद्धि हो । डाउनलोड हुने एपमा ह्याङआउट मिट, माइक्रोसफ्टको टीम र जुम रहेको छ । त्यसमध्य फ्रेबुअरी र मार्चमा जुम एपको डाउनलोड सबैभन्दा बढी भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१