close

टेलिकमबाट अब ५०० रुपैयाँसम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

चैत २८, २०७६ १८:६

टेलिकमबाट अब ५०० रुपैयाँसम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । नेपाल टेलिकमका प्रयोगकर्ताले एक पटकमा पाँच सय रुपैयाँसम्म ब्यालेन्स ट्रान्सफर गर्न पाउने भएका छन् । कोरोनभाइरसका कारण देश लकडाउनमा गएसँगै सहज रुपमा रिचार्ज कार्ड उपलब्ध नभइरहेको अवस्थामा कम्पनीले प्रयोगकर्ताको सहजताको लागि ब्यालेन्स ट्रान्सफरको सीमा बढाएको हो ।

सरकारले लकडाउन सुरु गरेसँगै टेलिकमले सुरुमा एउटा प्रिपेड मोबाइलबाट अर्को प्रिपेड मोबाइल वा पोस्टपेड मोबाइलमा यूएएएसडी कोडमार्फत एक दिनमा बढीमा १० पटकसम्म र एक पटकमा दशदेखि दुई सयरुपैयाँसम्म मात्रै ब्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था गरेको थियो ।

कम्पनीले यस अघिको उक्त व्यवस्था परिमार्जन गर्दै ब एक दिनमा बढीमा २० पटकसम्म र एक पटकमा पाँच सय रुपैयाँसम्म ब्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ ।

यसरी ट्रान्सफर गर्नुहोस् नेपाल टेलिकमको ब्यालेन्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४