close

एनपी डोमेनको सर्भरमा ह्याकरको पहुँच, दर्ता समेत रोकियो

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १३:१८

एनपी डोमेनको सर्भरमा ह्याकरको पहुँच, दर्ता समेत रोकियो

काठमाडौं । एनपी डोमेन व्यवस्थापन गर्दै आएको मर्कन्टाइल कम्युनिकेसन प्रालिको सर्भरमा ह्याकरले पुहँच बनाउन सफल भएको छ । ट्वीटरमा ‘सतान’ नामक अपरिचित ह्याड्लबाट कम्पनीले प्रदान गर्ने एनपी डोमेनको सर्भरमा सुरक्षा कमजोरी रहेको भन्दै चेतावनी दिइएको थियो ।

चेतावनीसँगै उक्त ह्याकरले सर्भरमा पनि पहुँच पाएको मर्कन्टाइलले जनाएको छ । मर्कन्टाइलका अनुसार सोमाबार राती १० बजरे ३७ मिनेट जाँदा सर्भरको सुरक्षा प्रणाली उलंघन गर्न खोजिएको थियो ।

‘उक्त विषयमा हामीले पारम्भिक अध्ययन गरेका छौं । अध्ययन अनुसार हाल उपलब्ध एनपी डोमेनमा कुनै तलमाथि भएको छैन । तर पनि यो विषयलाई हामीले गम्भीर रुपमा लिएका छौं,’ मर्कन्टाइलले जारी गरेको वज्ञप्तिमा लेखिएको छ, ‘यो सुरुवाती चरण भएकाले यदि त्यस्तो कुनै अवस्था सिर्जना भएको खण्डमा हामी ग्राहकलाई जानकारी गराउने छौं ।’

साथै कम्पनीले उक्त सर्भरमा थप सुरक्षा प्रणाली लागु गर्ने तयारी भइरहेको जनाएको छ । तर केही समयका लागि भन्दै एनपी डोमेन दर्ताको प्रक्रिया भने बन्द गरिएको छ ।

कम्पनीले सर्भरको सेक्युरिटी चोरी गर्न प्रयास गर्ने ह्याकरलाई कुनै डाटा प्राप्त गरिसकेको भए पनि सार्वजनिक नगर्न र सिस्टममा क्षति नपुर्‍याउन आग्रह गरेको छ ।

मर्कन्टाइलले विगत २५ वर्षदेखि एनपी डोमेनको व्यवस्थापन गर्दै आइरहेको छ । उसले हाल ८३ हजार व्यक्तिगत तथा व्यावसायीक कम्पनीलाई निःशूल्क सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४