close

क्लाउड पुर्वाधारमा ३४ खर्ब ३४ अर्ब लगानी गर्दै अलिबाबा

टेकपाना टेकपाना

बैशाख १०, २०७७ १६:३६

क्लाउड पुर्वाधारमा ३४ खर्ब ३४ अर्ब लगानी गर्दै अलिबाबा

काठमाडौं । अलिबाबा क्लाउडले आगामी तीन वर्षमा पूर्वाधारमा २८ अर्ब डलर अर्थात करीब ३४ खर्ब ३४ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । कोभिड-१९ को महामारीबीच  भिडियो कन्फ्रेन्सिङ र लाइभ स्ट्रिमङ सेवाहरुको माग बढेपछि कम्पनीले यस्तो योजना ल्याएको हो ।

यो लगानीबाट कम्पनीले अलिबाबा क्लाउडको प्रविधिमा सुधार गर्नुका साथै क्षमता समेत विस्तार गर्नेछ । यसअन्तर्गत कम्पनीको डेटा सेन्टरको ओपरेटिङ सिस्टम, सर्भर र चिप्सहरु पनि थप विस्तार हुनेछन् । अलिबाबाका एसिया, अष्ट्रलिया, मध्य एसिया, युरोप र अमेरिकामा हाल ६३ ओटा जोनहरु छन् ।

अलिबाबा क्लाउड इन्टेलिजेन्सका अध्यक्ष तथा अलिबाबा ग्रुपका प्रमुख प्राविधिक अधिकृत जेफ झाङले प्रेस वक्तव्यमा भनेका छन्,’क्लाउड पूर्वाधार र आधारभूत प्रविधिमा लगानी बढाएर हामीले विश्वभरका व्यवसायलाई उनीहरुको रिकभरी प्रक्रियालाई बढाउन र क्लाउड आधारित इन्टेलिजेन्स सोलुसन्स दिन विश्वस्तरिय कम्प्युटिङ रिसोर्स बाउन खोजेका छौं ।’

अलिबाबाको अन्तिम चाैमासिक आयको रिपोर्ट हेर्ने हो भने उसको आय ६२ प्रतिशतले बढेर १.५ अर्ब डलर पुगेको छ । एसिया प्रशान्त क्षेत्रको बजारमा अलिबाबा सबैभन्दा ठूलो क्लाउड सेवाप्रदायक हो । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३