close

अनुहारमा मास्क लगाएरै फेस आईडीमार्फत आईफोन अनलक गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १९, २०७७ १३:५०

अनुहारमा मास्क लगाएरै फेस आईडीमार्फत आईफोन अनलक गर्न सकिने

एजेन्सी । कोराना भाइरसका कारण मास्क लगाएर हिड्नुपर्ने वाध्यता छ । यस्तोमा फेस आर्डडीमार्फत फोन अनलक हुने फिचरले काम गर्न सक्दैन । यसैलाई मध्यनजर गर्दै एप्पलले भने आफ्ना उत्पादनमा फेस आईडीलाई परिस्कृत गरिरहेको छ ।

यो सँगै अब फेस मास्क लगाएर नै मोबाइल अनलक गर्ने सकिने छ । त्यसका लागि हाल सिस्टम परिक्षण भइरहेको उल्लेख गरिएको छ । आईफोनका पछिल्ला उत्पादन आईफोन एक्स, आईफोन एक्सआर र आईफोन ११ मा फेस अनलक सिस्टम रहेको छ ।

यी उक्तपादन प्रयोग गर्ने प्रयोगकर्ताले मास्क लगाएको बेला अनलक गर्न समस्या भोगिरहेको हुनुपर्छ । त्यसैले पनि सिस्टमलाई परिस्कृत गर्ने तयारी गरको हो । यसकालागि चाँडै फेस अनलक सिस्टमको नयाँ अपडेटेड भर्सन सहितको आईओएस उपलब्ध हुने उल्लेख छ ।

कम्पनीले भर्खरैमात्र आईओएस १३.५ को बेटा भर्सन जारी गरेको छ । जसमा आईफोन प्रयोगकर्ताले फेस अनलकमार्फत फोन खोल्न नसकेको अवस्थामा स्वतः पासवर्ड राख्ने सुबिधा दिएको जनाइएको छ ।

यसको अर्थ फेसआईडीमार्फत अनलक नभएको अवस्थामा तपाईंले पासवर्ड हाली अनलक गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३