close

मोबाइल अनि कम्प्युटरलाई यसरी बनाउनुहोस् चाइल्ड प्रुफ

टेकपाना टेकपाना

बैशाख २३, २०७७ १३:१९

मोबाइल अनि कम्प्युटरलाई यसरी बनाउनुहोस् चाइल्ड प्रुफ

काठमाडौं । ग्याजेट्सहरुले तपाईंको घरलाई धेरै सजिलो र कनेक्टेड बनाएको छ ।  यो लकडाउनको समयमा तपाईंका छोराछोरीहरु अमेजन तथा नेटफ्लििक्सबाट सामग्रीहरु किनेर घण्टाैं स्क्रिनमा समय बिताइरहेका हुनसक्छन् । 

यस्तो अवस्थामा तपाईंका छोराछोरीलाई सुरक्षित राख्न डिभाइसमा होस्ट अफ अप्सन र टूल्स रहेका हुन्छन् । एप्सभित्र पनि तपाईं त्यसको प्रयोग गरिरहनु भएको हुन्छ । आज हामी तपाईंलाई एउटा सेटिङको बारेमा बताउँदै छाैं, जसको मद्दतबाट तपाईं आफ्ना छोराछोरीलाई अलग्गै राख्न सक्नुहुन्छ  ।

तपाईंले त्यसका लागि कुनै थर्ड पार्टी टूल्सको प्रयोग गर्नु पर्दैन । तपाईंको डिभाइस र एप्समै भएको ब्युल्ट ईन अप्सनले तपाईलाई सहयोग गर्नसक्छ । कुस्टोडियो , ईसेट, नोर्टोन र अन्य धेरै सशूल्क एपहरुले तपाईंलाई प्यारेन्टल कन्ट्रोलका लागि प्रशस्त सुविधा दिन सक्छन् । 

आईफोन र आईप्याड

तपाईंले आफ्नो छोराछोरीलाई आईफोन वा आईप्याड दिनु भएको छ र उनीहरुमाथि नियन्त्रण कायम गर्न चाहनुहुन्छ भने गाइडेड एक्सेसको मद्दत लिन सक्नुहुन्छ । यसका लागि सेटिङबाट एक्सेसिबिलिटी हुँदै गाइड एक्सेसमा पुग्नुहोस् र त्यसलाई टर्न अन गर्नुहोस् । 

आवश्यकता अनुसार तपाईं त्यसमा पासकोड र टाइम लिमिट पनि सेट गर्न सक्नुहुन्छ । जब तपाईंका छोराछोरीहरु नचाहिँदो एपमा हुन्छन्, त्यस्तो बेलामा गाइड एक्सेस सुरु गर्न साइड बटनमा ट्रिपल क्लिक गर्नुहोस् । तपाईं चाहनुहुन्छ भने स्क्रिनमा केही भागहरु डिसेबल पनि गर्न सक्नुहुन्छ । 

यदि तपााईंका छोराछोरीहरुको आफ्नै आईफोन वा आईप्याड डिभाइस छ भने तपाईं त्यसको सेटिङ स्क्रिन टाइम, कन्टिन्यु र दिस इज माइ चाइल्ड आईफोनमा क्रमैसँग ट्याप गर्न सक्नुहुन्छ । त्यसपछि अर्को स्क्रिनमा कति समय उक्त एप प्रयोग गर्न सकिन्छ भनेर हेर्न मिल्छ ।

साथै गेम वा फिल्मको एज रेटिङ पनि त्यसमा देखाइएको हुन्छ । कुन एप रन गर्न मिल्छ, किन्न मिल्छ वा मिल्दैन यस्ता धेरै जानकारीहरु त्यसमा राखिएको हुन्छ । यी सबै कुरा तपाईंले आफ्नो आईफोन वा आईप्याडबाट नियन्त्रण गर्न चाहनुहुन्छ तपाईंले फ्यामिली शेयरिङ एक्टिभेट गर्नुपर्ने हुन्छ ।

एन्ड्रोइड तथा ट्याब्लेट

एन्ड्रोइड डिभाइसमा पनि तपाईं आफ्ना बच्चाहरुमाथि नियन्त्रण कायम गर्न सक्नुहुन्छ । यसका लागि सेटिङमा गएर सेक्युरिटीबाट एड्भान्स हुँदै स्क्रीन पिनिङमा जानुहोस् । यसरी जाँदा पीन प्रोटेक्सनसँगै यो फिचर टर्न अन गर्न सक्नुहुन्छ ।

तलबाट माथितर्फ स्वाइप गरेर सम्पूर्ण एप्सहरु पिक्सेल डिभाइसमा ल्याएर होल्ड गरी रिसेन्ट एप्सहरुको लिस्ट तयार पार्नुहोस् ।  त्यसपछि एप्स आइकन र पीनमा ट्याप गरेर पीन कोड इन्टर नभएसम्म एप्समाथि केन्द्रीत रहनु होस् । 

गूगल अकाउन्टको सबै कुरा समेट्ने फ्यामिली लिंक सर्भिसबाट पनि एन्ड्रोइड प्रयोग गर्ने छोराछोरीमाथि तपाईंले नियन्त्रण बनाउन सक्नुहुन्छ । यो कसरी सेटअप गर्न सकिन्छ यहाँ हेर्नुहोस्

तपाईंको बच्चाको एन्ड्रोइड डिभाइसको सेटिङबाट गूगल हुँदै प्यारेन्टल कन्ट्रोलमा गएर तपाईंको फोनमा भएको फ्यामिली लिंक एपसँग तपाईको बच्चाको फोनलाई लिंक गराउनुहोस् । यति गरिसकेपछि इन्स्टल गर्न सकिने एप्स तपाईंले कन्फिगर गर्न सक्नुहुन्छ ।

म्याक ओएस कम्प्युटर

तपाईंका छोराछोरीसँग आफ्नै म्याक डिभाइस छ भने उनीहरु भाग्यमानी हुन् । यसलाई पनि तपाईंले माथि भने जसरी नै स्क्रिन टाइम र फ्यामिली शेयरिङ फिचर प्रयोग गरी नियन्त्रण गर्न सक्नुहुन्छ ।

त्यसका लागि सबैभन्दा पहिले सिस्टम प्रिफरेन्सेसबाट  स्क्रीन टाइम चयन गर्नुहोस् र अप्सनमा जानुहोस् । त्यहाँ तपाईंले पिन कोडबाट सुरक्षित गरिएको स्क्रिन टाइम सेटिङलाई मात्र पनि कन्फिगर सक्नुहुन्छ वा बालबालिकाको म्याक कम्प्युटरलाई फ्यामिली ग्रुपको एप्पल आईडीसँग लिंक गराइदिनुहोस् ।

स्क्रीन टाइम अप्सन एउटा सजिलो र छिटो समाधान हो । युजर स्क्रिन टाइम पासकोड सेट गर्नुहोस् र बच्चालाई कुनै सामग्री प्ले गरेर छोडिदिनुहोस् । स्क्रीन टाइम समाप्त भएपछि न त तपाईंको बच्चालाई पासवर्ड थाहा हुन्छ न त उसले केही स्क्रीन अन गर्न सक्छ ।

सेट अप फ्यामिली शेयरिङ पनि एउटा महत्वपूर्ण विकल्प हो । तपाईंले आफ्नै एप्पल डिभाइसहरुबाट यस्ता सेटिङ म्यानेज गर्नसक्नुहुन्छ । यसका लागि तपाईंको बच्चाको आफ्नै एप्पल आईडी हुनुपर्छ जुन म्याकओएसमा लग ईन गर्न सकिन्छ ।

विण्डोज कम्प्युटर 

विण्डोजमा प्यारेन्टल कन्ट्रोल सेटअप गर्ने सबैभन्दा राम्रो तरिका भनेको तपाईंसँग माइक्रोसफ्ट अकाउन्ट हुनसक्छ । यसका लागि तपाईंको र तपाईको परिवारका सम्पूर्ण सदस्यको माइक्रोसफ्ट अकाउन्ट हुनुपर्छ ।

डिभाइसहरुमा टाइम लिमिट राख्नका लागि यो अकाउन्टको प्रयोग गर्न सकिन्छ । यी अकाउन्टहरुलाई तपाईंको माइक्रोसफ्ट फ्यामिली ग्रुपसँग लिंक गराउन सकिन्छ । यसबाट तपाईंले आफ्ना बच्चाको गतिविधिमा निगरानी राख्न सक्नुहुन्छ । 

यो सेटिङका लागि माइक्रोसफ्ट फ्यामिली पोर्टल अनलाइनमा जानुहोस् । त्यहाँ कृयट अ फ्यामिली ग्रुप चयन गर्नुहोस् । विण्डोज भित्र गएर सेटिङ ओपन गर्नुहोस् । त्यहाँ गएर अकाउन्ट, फ्यामिली एण्ड अदर युजर्समा जानुहोस् ।

त्यसपछि फ्यामिली मेम्बर एड गर्नुहोस् । जो जो यो अकाउन्टमा एड हुन्छन्, ती सबैको सूचनामा सबैलाई पहुँच हुन्छ । यसबाट कुन एप्स डाउनलोड भयो सबै कुरा अभिभावकलाई थाहा हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३