close

नयाँ डिजाइनमा डेलका दुई ल्यापटप सार्वजनिक

टेकपाना टेकपाना

जेठ १, २०७७ १८:४७

नयाँ डिजाइनमा डेलका दुई ल्यापटप सार्वजनिक

काठमाडौं । डेलले आफ्नो एक्सपीएस लाइनअपमा ठूलो परिवर्तन गर्दै रिडिजाइन एक्सपीएस फिफ्टिन र नयाँ एक्सपीएस सेभेन्टिन बजारमा ल्याएको छ । नयाँ डिजानइनमा कम्पनीले आफ्ना मूख्य मूख्य एक्सपीएस ल्यापटपमा लिगेसी पोर्टलाई हटाएर त्यहाँ यूएसबी-सी र १६:१० इञ्च डिस्प्ले अपडेट गरेको छ ।

करिब पाँच वर्षको अवधिमा नयाँ एक्सपीएस फिफ्टिन कम्पनीको सबैभन्दा ठूलो अपडेट हो । यसमा ठूलो १६:१० र १५.६ इञ्च डिस्प्ले राखिएको छ ।

यसमा इन्टेलको पछिल्लो दशौं पुस्ताको प्रोसेसर प्रयोग गरिएको छ । साथै यसभित्र एनभिदिया जी फोर्स जीटीएक्स १६५० टीआई म्याक्स क्यू ग्राफिक्स पनि रहेको छ ।

एक्सपीएस लाइनअपमा रहेको बटन बेजल पनि यो १५.६ इञ्चको नयाँ डिस्प्लेमा हटाइएको छ । एक्सपीएस फिफ्टिनले पनि एक्सपीएस थर्टिनले जस्तै १६:१० एस्पेक्ट रेसियोलाई सपोर्ट गर्छ ।  

तपाईंले यसमा फोरके डिस्प्लेभन्दा केही माथि रेजोलुसन रहेको ३८४० बाई २४०० पिक्सेल डिस्प्ले तथा रेगुलर एफएचडी १९२० बाई १२०० पिक्सेल डिस्प्ले मध्ये एउटा चयन गर्न सक्नुहुन्छ । दुवैमा सानो टप माउन्टेड वेबक्याम राखिएको छ ।

एक्सपीएस फिफ्टिनमा इन्टेल कोर आई नाइन १०८८५ एच ४५ डब्लू चिप, ६४ जीबीको र्‍याम र दुई टीबीको स्टोरेज रहेको छ । डेलमा दुईओटा यूएसबी सी थण्डरबोल्ट थ्री पोर्ट, एउटा रेगुलर यूएसबी सी ३.१ पोर्ट र फूल साइड एसडी कार्ड रिडर रहेको छ । 

तस्वीरः डेल

एक्सपीएस थर्टिनमा जस्तै डेलले यो ल्यापटपमा पनि यूएसबी ए र एचडीएमआई जस्ता लिगेसी पोर्टलाई हटाउँदै यूएसबी सी प्रयोगमा ल्याएको छ । पोर्टमा ल्याइएको परिवर्तनको अर्थ अब एक्सपीएस फिफ्टिनको मोटाइल पातलो हुनेछ ।

डेलले १५ इञ्चको जुनसुकै ल्यापटपमा लामो ब्याट्री लाइफ दिने बाचा गरेको छ । एफएचडी डिस्प्ले मोडेलमा २४ घण्टे ब्याट्री लाइफ हुनेछ । डेलको यो अपडेटेड एक्सपीएस फिफ्टिनको मूल्य अहिले बजारमा १,२९९.९९ डलर अर्थात एक लाख ५०  हजार रुपैयाँभन्दा बढी रहेको छ । 

यस्तै एक्सपीएस फिफ्टिनसँगै डेलले आफ्नो नयाँ ठूलो एक्सपीएस सेभेन्टिन पनि सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि हामीले एक्सपीएस सेभेन्टिन डेल देख्दै आएका छाैं । डेलको १७ इञ्चको एक्सपीएस लाइनअपको यो सानो ल्यापटप हो ।

तस्वीरः डेल

डेलले यसलाई एक्सपीएस ल्यापटप  लाइनअपको सबैभन्दा शक्तिशाली ल्यापटपको रुपमा व्याख्या गरेको छ । कम्पनीले यो १७ इञ्चको सानो प्याकेजभित्र धेरै सुविधा दिएको छ । 

यो ल्यापटप १५ इञ्चको ल्यापटपभन्दा पनि आकारमा सानो छ । अन्य फिचरको कुरा गर्नुपर्दा एक्सपीएस थर्टिन र एक्सपीएस फिफ्टिनमा जस्तै डेलले यसमा पनि १६:१० को एस्प्याक्ट रेसियो दिएको छ ।

यसको माथि सानो एचडी वेबक्याम छ । यसमा इन्टेलको पछिल्लो दशौं पुस्ताको कोर आई नाइन ४५ डब्ल्यु प्रोसेसर, ६४ जीबीको र्‍याम र दुई टीबी स्टोरेज रहेको छ । 

डेलले यो ल्यापटपमा जीपीयू अप्सनमा एनभिदियाको जीटीएक्स १६५० टीआई म्याक्स क्यू वा शक्तिशाली आरटीएक्स २०६० दिनेछ ।

यसको उचाई १९.५ एमएम र तौल ४.६५ पाउण्ड रहेको ५ । गेम खेल्ने र भिडियो एडिटिङ गर्न चाहनेहरुका लागि यसको जीपीयू अप्सन र ५४ डब्ल्युको सीपीयू एकदमै राम्रो छ । 

तस्वीरः डेल

चिपलाई शितल राख्न र हावाको बहावलाई सजिलो बनाउन एक्सपीएस सेभेन्टिनमा नयाँ थर्मल डिजाइन थप गरिएको छ । तर एक्सपीएस फिफ्टिनमा जस्तो यसमा यूएसबी ए पोर्ट पाइने छैन ।

तर यसमा चार वटा यूएसबी सी थण्डरबोल्ट थ्री पोर्ट र फूल साइजको एसडी कार्ड रिडर रहेको छ । १,४९९.९९ डलर अर्थात एक लाख ८० हजार रुपैयाँभन्दा बढी मूल्यको यो ल्यापटप अबको गर्मी सिजनमा बजारमा आउने छ । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१