close

शाओमी बन्यो नेपालकै नम्बर वान स्मार्टफोन !

टेकपाना टेकपाना

जेठ ४, २०७७ १६:५६

शाओमी बन्यो नेपालकै नम्बर वान स्मार्टफोन !

काठमाडौं । शाओमीले आफू नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड बन्न सफल भएको दाबी गरेको छ । मोबाइल फोन ट्रयाकर आईडीसीको शनिबार प्रकाशित रिपोर्ट अनुसार कम्पनीले आफूलाई नेपालकै नम्बर वान स्मार्टफोन ब्राण्ड दाबी गरेको हो ।

सन् २०१८ अक्टुबरदेखि नेपालमा प्रवेश पाएको यो ब्राण्डले छोटो समयमै उल्लेखनीय प्रगति गर्न सफल भएको छ । सन् २०२० को पहिलो त्रैमासिकमा नेपालमा शाओमीपछि सामसङ र भीभोले पछ्याइरहेका छन् ।

यस अवधिमा शाओमीले नेपालको ३०.९ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको दाबी गरेको छ । नेपालमा बिक्री भएका शिर्ष १० स्मार्टफोनहरु मध्ये चार ओटा आफ्ना रहेको उसको भनाई छ । कम्पनीका रेड्मी नोट एट र रेड्मी ८ नेपालमा पछिल्लो समय राम्रो बजार लिन सफल भएका छन् ।

सूची नम्बरस्मार्टफोन बिक्रेताबजार हिस्सा
शाओमी३०.९५
सामसङ१८.६५
भीभो१२.३५
ओप्पो१०.०५

स्रोतः आईडीसी मोबाइल फोन ट्रयाकर रिपोर्ट, पहिलो त्रैमासिक सन् २०२०

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आफूहरु पहिलो पटक स्मार्टफोन बजारमा अग्रणी रहन सफल भएको बताए । ‘यो हाम्रो लागि उत्साहजनक क्षण हो,’ उनले भने, ‘हामी हाम्रा फ्यानहरूबाट प्राप्त अतुलनीय प्रेम र समर्थनको लागि आभारी छौं, जसले हामीलाई हरेक मार्गमा विश्वास गरेका छन् ।’

उत्कृष्ट फिचर, उच्च गुणस्तर र वस्तुपरक मूल्यकै कारण शाओमी नेपालकै नम्बर वान ब्राण्ड बन्न सफल भएको उनको भनाई छ । कम्पनीको अनलाइन बिक्री साझेदार दराज डट कमको सबै सेल्स इभेन्टहरुमा शाओमी नै नम्बर वान रहेको थियो ।

शाओमीले एक बर्षमा देशभर ३५० मी प्रिफर्ड पार्टनर पसल सहित ९०० भन्दा बढी अफलाइन साझेदारहरू स्थापना गरेको छ । जसकै कारण नेपालमा कम्पनीकोे उपस्थितिलाई सुदृढ बनाएको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३