close

फेसबुकपछि भारतीय टेलिकमको शेयर खरिद गर्दै गूगल र माइक्रोसफ्ट

टेकपाना टेकपाना

जेठ १८, २०७७ १८:१

फेसबुकपछि भारतीय टेलिकमको शेयर खरिद गर्दै गूगल र माइक्रोसफ्ट

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियोको ९.९ प्रतिशत शेयर स्वामित्व फेसबुकले खरीद गरेको धेरै दिन वितेको छैन । यसैबीच अन्य दुई अमेरिकी दिग्गज आईटी कम्पनीले पनि भारतीय टेलिकम कम्पनीमा रुची देखाएका छन् । 

खबरहरुका अनुसार गूगलले भारतीय दूरसञ्चार कम्पनी भोडाफोन आइडियाको पाँच प्रतिशत शेयर खरिद गर्ने भएको छ । भोडाफोन आइडिया भारतको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।

यस्तै अर्को छुट्टै रिपोर्ट अनुसार माइक्रोसफ्टले पनि रियलायन्स जियोमा दुई अर्ब डलरको लगानी गर्ने बारे वार्ता  वार्ता गर्दैछ । फाइनाइन्सियल टाइम्सका अनुसार साढे तीन वर्ष पुरानो दूरसञ्चार कम्पनी रिलायन्स जियोमा गूगलले समेत लगानीका लागि इच्छा देखाएको थियो ।

त्यसका लागि गूगलले रिलायन्स जियोसँग वार्ता पनि गरेको थियो । वितेका केही हप्ता अघि फेसबुक र अमेरिकी प्राइभेसी इक्युटी फर्म सिल्भर लेक, केकेआर, जनरल अटलान्टिक तथा भिस्टाले पनि जियोमा कूल १० अर्ब ३० करोड डलरको लगानी गरेका छन् । 

३८ करोड ८० लाखभन्दा धेरै प्रयोगकर्ता रहेको भारतको सबैभन्दा ठूलो सेवाप्रदायकको रुपमा रहेको  रियलायन्स जियोमा माइक्रोसफ्टले लगानी गर्न देखाएको इच्छाबारे करिब एक महिनादेखि चर्चा चलिरहेको छ । तर माइक्रोसफ्ट र गूगल दुबै कम्पनीले पछिल्लो खबरबारे प्रतिक्रिया दिएका छैनन् ।

विश्वकै दिग्गज प्रविधि कम्पनी गूगलले भोडाफोनको स्वामित्वमा सहभागी हुने खबर बाहिर आएपछि भोडाफोनको बजार शेयर मूल्य ३५ प्रतिशतल बढेको छ । गूगलले उक्त पाँच प्रशितश शेयरका लागि ११ करोड अमेरिकी डलर लगानी गर्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१