close

फेसबुकबाट सोझै यसरी ट्रान्सफर गर्नुहोस् गूगल फोटोमा आफ्नो फोटो

टेकपाना टेकपाना

जेठ २३, २०७७ १२:५२

फेसबुकबाट सोझै यसरी ट्रान्सफर गर्नुहोस् गूगल फोटोमा आफ्नो फोटो

काठमाडौं । फेसबुकमा रहेका फोटोहरु सोझै गूगल फोटोमा फोटो पठाउन सकिने सुविधा सबैका लागि उपलब्ध भएको छ । पहिलो चरणमा आयरल्याण्डबाट सुरु भएको यो सेवा फेसबुकले अब सबै देशका प्रयोगकर्तालाई उपलब्ध गराएको हो ।

यससँगै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुकमा ‘ट्रान्फर अ कपी अफ योर फोटो एण्ड भिडियो’ अप्सन देख्न सक्नेछन् । जसमार्फत प्रयोकर्ताले आफ्नो फेसबुकमा रहेका फोटो ब्याकअपको रुपमा गूगल फोटोमा राख्न सक्नेछन् ।

त्यसका लागि आफ्नो फेसबुकको सेटिङमा गएर ‘योर फेसबुक इन्फरमेसन’ मा गएर त्यहाँ रहेको ‘ट्रान्फर अ कपी अफ योर फोटो एण्ड भिडियो’ अप्सन क्लिक गरी फोटो तथा भिडियो छनोट गरी ट्रान्फर गर्न सक्नुहुन्छ ।

‘फेसबुक सुरु भएको एक दशकपछि हामीले प्रयोगकर्तालाई फेसबुकमार्फत उनीहरुको जानकारी डाउनलोड गर्न सक्ने बनाएका थियौं,’ फेसबुकका प्राइभेसी तथा पब्लिक पोलिसि विभागका निर्देशक स्टिभ सेटरफिल्डले भनेका छन्, ‘आजबाट सुरु भएको फोटा ट्रान्सफर टूलले प्रयोगकर्तालाई आफ्नो फोटोको ब्याकअपका लागि मद्दत पुर्‍याउने छ ।’

यो सेवा कम्पनीले ओपन सोर्स डेटा ट्रान्सफर प्राजेक्ट अन्तर्गत तयार पारेको हो । कम्पनीको ओपन सोर्स डेटा ट्रान्सफर प्राजेक्टमा एप्पल, गूगल, माइक्रोसफ्ट, ट्वीटर लगायतको सहभागीता रहेको छ ।

तर, पहिलो चरणमा भने गूगल फोटोबाट यसको सुरुवात गरिएको हो । यदि तपाईं गूगल फोटाको प्रयोगकर्ता हो र आफुले खिचेको फोटो गूगल फोटोमा स्वतः ब्याकप गर्नहुन्न भने, तपाईं जस्ता प्रयोगकर्ताका लागि यो सेवा उपयोगी हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१