close

एनसेलको डेटा छूट बन्द, अब प्रति एमबी २ रुपैयाँ लाग्ने

टेकपाना टेकपाना

असार ४, २०७७ ०:१४

एनसेलको डेटा छूट बन्द, अब प्रति एमबी २ रुपैयाँ लाग्ने

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पुरानै डेटा शूल्क कायम गरेको छ । कम्पनीले लकडाउनको अवधिमा पे एज यू गो अर्थात डेटा प्याक नलिएरै मोबाइलमा इन्टरनेट चलाउँदा लाग्ने शूल्कमा दिँदै आएको छूट सुविधा बन्द गरेको हो ।

अब प्याक बिना एनसेलको डेटा चलाउँदा प्रति एमबी दुई रुपैयाँ लाग्नेछ । एनसेलले गत चैत २० देखि लागु हुने गरी डेटा शूल्क २५ प्रतिशतले घटाएर एक रुपैयाँ ५० पैसामा झारेको थियो ।

प्रतिस्पर्धी कम्पनी नेपाल टेलिकमले वर्षौंदेखि यस्तो डेटा शूल्क प्रति एमबी एक रुपैयाँ मात्र छ । टेलिकमले समेत लकडाउनलाई मध्यनजर गर्दै ल्याएकाे ३० प्रतिशत डेटा छूट सुविधा बन्द गरिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१