close

भिभोको भी १९ मोबाइल नेपालमा (नयाँ मूल्य सूची सहित)

टेकपाना टेकपाना

असार १२, २०७७ १३:४३

भिभोको भी १९ मोबाइल नेपालमा (नयाँ मूल्य सूची सहित)

काठमाडौं । आउँदो साता नेपालमा भिभोका नयाँ मोबाइल सार्वजनिक हुने भएको छन् । कोरोना भाइरसको महामारी तथा लकडाउनका कारण ढिलो गरी नेपाल भित्रिएका भिभोको बहुप्रतिक्षित स्मार्टफोन नेपालमा सार्वजनिक हुने निश्चित भएको हो । 

कम्पनीका अनुसार जुलाई पहिलो साता (आगामी साता) भिभो भी नाइन्टिन स्मार्टफोन सार्वजनिक हुने छ । जसको मूल्य ४९ हजार ९९९ रुपैयाँ पर्ने जनाइएको छ । मोबाइलमा ६.४४ इञ्चको एस एमोलेड डिस्प्ले रहेको छ ।

डिस्प्लेभित्रै फिंगरप्रिन्ट राखिएको यो फोनमा स्नाप ड्राग्न ७१२ अक्टाकोर प्रोसेसर रहेको छ । २.३ गिगाहर्ज १० एनएम डिजाइनको भिभो भी १९ मा ४८ मेगापिक्सेलको मूख्य क्यामेरा सहित तीन वटा क्यामेराको सेटअप रहेको छ ।

आठ जीबी र्‍याम रहेको यो मोबाइलमा १२८ जीबीको आन्तरिक मेमोरी रहेको छ भने डेडिकेटेड स्लटमा माइक्रो एसडी कार्ड राखेर ५१२ जीबीसम्म यसलाई विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।

यो मोबाइलमा ४५०० एमएएच क्षमताको ब्याट्री, ३३ वाट फ्ल्यास चार्ज, २.० वाईफाई ब्लूटुथ, यूएसबी टाइप सी जीपीएस र ओटीजी समेत रहेको छ ।

एप क्लोन, स्मार्ट स्प्लिट, किड मोड, जोभी स्मार्ट सिन, आई प्रोटेक्सन मोड फिचर रहेको यो फोनको तापक्रम कम गर्न ट्युव लिक्विड कूलिङ राखिएको छ । एन्ड्रोइड टेनमा आधारित यो फोनमा फन टच ओएस टेन समेत रहेको छ । नयाँ मोबाइलसँगै हाल नेपालमा उपलब्ध भिभोका स्मार्टफोनको नयाँ मूल्य सूची पनि बाहिरिएको छ ।

नेपालमा उपलब्ध भिभो मोबाइलको मूल्य सूची

  • वाई ९ः १४,४९० रुपैयाँ
  • वाई ९१ सी २०२०ः १५५९० रुपैयाँ
  • वाई ११ः १९४९० रुपैयाँ
  • वाई १२ः २१५९० रुपैयाँ
  • वाई १५ः २४१९० रुपैयाँ
  • वाई १७ः २५१९० रुपैयाँ
  • वाई १७ (४‌‌‌+६४ जीबी): २५९९९ रुपैयाँ
  • वाई १९ (६+१२८ जीबी): २७९९० रुपैयाँ
  • एस वान मिनीः २८३९० रुपैयाँ
  • वाई ३० (४+१२८ जीबी): २९९९९ रुपैयाँ
  • एस वान ३१४९० रुपैयाँ
  • एस वान प्रो: ३६७९० रुपैयाँ 
  • भिभो १७ प्रो ५२४९०
  • भिभो भी १९ः ४९९९९ रुपैयाँ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३