close

भायनेटका इन्टरनेट प्रयोगकर्तालाई जूममा विशेष छूट

टेकपाना टेकपाना

असार १६, २०७७ १३:२५

भायनेटका इन्टरनेट प्रयोगकर्तालाई जूममा विशेष छूट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले ग्राहकलाई जूम भिडियो कन्फ्रेन्सिङ एप उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसका कारण जारी लकडाउन र सामाजिक दुरी कायम गर्नु पर्ने अहिलेको अवस्थामा भिडियो कन्फ्रेन्सिङ एप जूमले लोकप्रियता कमाइरहेको छ ।

यसैलाई मध्यनजर गर्दै भायनेटले नेपालको लागि जूमको आधिकारिक रिसेलर जेनस सोलुसनसँग साझेदारी गर्दै जूमको सःशूल्क सदस्यता अफर ल्याएको हो । यस अफर अन्तर्गत भायनेटका ग्राहकले भायनेट मार्फत् जूमको सदस्यता लिंदा विशेष छूट प्राप्त गर्ने छन् ।

विश्वभर फैलिरहको कोभिड–१९ का कारण सबै संघ, संस्था तथा कम्पनीहरु अहिले जूम जस्ता भिडियो कन्फ्रेन्सिङ तथा मिटिङ एपमार्फत् आफ्नो दैनिक कार्य सञ्चालन गरिरहेका छन् । जूम शैक्षिक संस्थानका लागि अनलाइन कक्षा सञ्चालन गर्न, कर्पोरेटका लागि मिटिङ तथा कन्फ्रेन्स गर्न र रिमोट तालिम आयोजना गर्न र प्रशिक्षक तथा प्रेरक वक्ताका लागि वेबनार सञ्चालन गर्न प्रभावकारी माध्यम बनेको छ ।

यस्तो अवस्थामा जूमको सःशूल्क भर्सन ग्राहकलाई उपलब्ध गराउने तयारी गरिएको कम्पनीले जनाएको छ । जूमको सःशूल्क एपमा २४ सै घण्टा ग्रुप मिटिङ (अनपेडमा ४० मिनेट मात्र), होस्टले हजार भन्दा बढी सदस्यमा अपग्रेड गर्नसक्ने वा १०,००० जना सहभागी भएर हेर्न मात्र मिल्ने र स्पीच–टु–टेक्स्ट ट्रान्सक्रिप्सनद्वारा मिटिङको बुँदाहरु स्वतः सिर्जना हुने सुविधा पनि यसमा उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३