close

भारतीय टेलिकम कम्पनी जियोमा लगानीको बाढी, क्वालकम पनि भित्रियो

टेकपाना टेकपाना

असार २९, २०७७ ९:१

भारतीय टेलिकम कम्पनी जियोमा लगानीको बाढी, क्वालकम पनि भित्रियो

काठमाडौं । भारतीय टेलिकम कम्पनी रिलायन्स जियोलाई वैदेशिक लगानी भित्र्याउन कोभिड–१९ को महामारीले पनि छेकेको छैन् । महामारीका कारण संसारभरका धेरै देश लकडाउनमा हुँदा पनि जियोले १३ अर्ब डलर भन्दा बढी वैदेशिक लगानी भित्र्याइसकेको छ ।
जियोमा संसारका ठूला प्रविधि कम्पनी लगानी क्रम अहिले पनि रोकिएको छैन् । आइतबार मात्रै रियालन्स जियोले आफ्नो डिजिटल कम्पनी जियो प्लेटफर्ममा चिप निर्माता कम्पनी क्वालकमले लगानी गर्न लागेको सार्वजनिक गरेको छ ।
अमेरिकी कम्पनी क्वालकमले जियोमा करिब १ अर्ब डलर लगानी गर्न लागेको हो । जियोका अनुसार क्वालकमले जियोको ०.१५ प्रतिशत हिस्साको लागि ७ सय ३० करोड भारु अर्थात ९६ करोड ८० लाख अमेरिकी डलर लगानी गर्ने भएको छ ।
यसअघि अर्को अमेरिकी कम्पनी इन्टेलले पनि जियोमा ०.३९ प्रतिशत स्वामित्वको लागि लगानी गरेको थियो । योबाहेक फेसबुक, सिल्भर लेक पार्टनर, भिस्टा इक्वीटी, जेनेरल एट्लान्टिकजस्ता संसारका ठूला कम्पनीले जियोमा लगानी गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३