close

के साच्चिकै फास्ट चार्जरले ब्याट्रीको आयू घटाउँछ ?

टेकपाना टेकपाना

साउन ६, २०७७ १२:४

के साच्चिकै फास्ट चार्जरले ब्याट्रीको आयू घटाउँछ ?

काठमाडौं । फोन चार्ज गर्नुपर्ने काम सबैलाई झञ्जट नै लाग्छ । हामीले प्रयोग गर्ने फोनको ब्याट्री वर्षेनी सुधार हुँदै गइरहेको छ । यद्यपी हामी अझै ब्याट्रीमै सुविधा खोजिरहेका हुन्छौं, ता कि चार्ज गर्न नपरोस् । यही कारण हो, मानिसहरु सधै नयाँ फोन खरिद गर्दा फोन कति छिटो चार्ज हुन्छ भन्ने कुरा सोध्न वा बुझ्न छुट्टाउँदैनन् । 

तर सतहमा राम्रो देखिने कुराको भित्रि पक्ष नकरात्मक पनि हुन्छन् । त्यस्तै ब्याट्रीको स्वास्थ्यको विषयमा कुरा गर्दा फास्ट चार्जिङले ब्याट्रीमा एकदमै गम्भीर असर पार्दछ । 

के हो त ब्याट्रीको स्वास्थ्य ?

ब्याट्रीको स्वास्थ्यबारे तपाईंलाई धेरै कुरा थाहा छैन भने यति जानी राख्नुहोस् तपाईंको नयाँ ब्याट्रीको गुणस्तरता र पर्फमेन्समा  हालसम्म कतिको गरावट आयो ? सामान्य भाषामा बुझ्ने हो भने त्यही नै ब्याट्रीको स्वास्थ्य हो । ब्याट्रीको स्वास्थ्यमा गिरावट आउनु भनेकै त्यसको वास्तविक क्षमतामा ह्रास आउनु हो । यस्तोमा के हुन्छ भने तपाईंले धेरै समय आफ्नो फोन चार्जरमा बिताउदाँ पनि पर्याप्त चार्ज हुन सक्दैन । 

वास्तवमा तपाईंले पहिलोपटक चार्ज गरेको क्षणदेखि नै ब्याट्रीको स्वास्थ्य खस्किन थाल्दछ । ब्याट्रीको स्वास्थ्यलाई चार्जिङ साइकलमा मापन गर्न सकिन्छ । जति पटक तपाईंले फोन चार्ज गर्न ब्याट्रीमा भोल्टेज दिनुहुन्छ, त्यतिपटक नै पटक त्यसको आयू छोटिँदै गइरहेको हुन्छ ।

केही समयपछि तपाईंको फोन फुल चार्ज हुने समयावधि बढेर जान्छ । रिचार्ज हुने सबै ब्याट्रीमा यस्तै हुन्छन् । वास्तवमा यो समस्या होइन । विज्ञानको नियमले यसरी नै काम गर्छ । 

ब्याट्री चार्ज गर्न त्यसभित्र रहेको इलेक्ट्रोडको सानो पातलो सतहलाई हटाएर इलेक्ट्रोइट भनिने तरल जस्तो अर्को इलेक्ट्रोडमा स्तानान्तरण गर्नु पर्छ । तपाईंले डिस्चार्ज गर्दा पनि यस्तै हुन्छ । 

तर समयसँगै यी सामग्रीहरु खस्किँदै जादाँ तपाईंको मोबाइलको ब्याट्रकीको आयूमा पनि ह्रास आउने गर्छ र वास्तविक क्षमता घट्दै जान्छ । यसरकाण केही महिना अघि १५ घण्टासम्म टिक्ने तपाईंको ब्याट्रीको फुल चार्ज अहिले मुस्किलले ११ घण्टासम्म मात्रै टिक्ने समस्या देखा पर्न थाल्छ । यसबाट बुझ्नुहोस् कि तपाईंको ब्याट्रीले पहिले जस्तो धेरै चार्ज संचित गर्न सक्दैन । 

यो समस्या कुनै बगको कारणले सिर्जना भएको होइन । रिचार्जेबल ब्याट्रीको सिस्टम नै यस्तै हुन्छ । फोनको ब्याट्रीमा मात्र होइन सबै तिर प्रयोग हुने ब्याट्रीको गुण नै यस्तै हुन्छ । अझ तापक्रम अर्को खराब तत्व हो, जसले ब्याट्री चार्जिङको सम्पूर्ण प्रक्रियालाई प्रभावित पारिदिन्छ । 

ब्याट्रीको स्वास्थ ख्याल गर्न कति जरुरी हुन्छ ? 

ब्याट्रीको बारेमा कुरा गर्दैगर्दा तापक्रमको समस्याबाट तपाईं बच्न सक्नुहुन्न । ब्याट्रीलाई चार्ज गर्दा होस् वा प्रयोग गर्दा, दुवै समय यो तात्ने गर्छ । ब्याट्रीलाई यत्तिकै नचलाई राख्दा पनि यो तात्ने गर्छ ।

ब्याट्रीमा प्रयोग भएको एसिडजन्य तत्व र भोलाटाइल मेटलका कारण बलियो रसायनिक प्रतिक्रिया उत्पन्न हुन्छ । यसकारण ब्याट्रीको आयूलाई लम्ब्याउने एउटा महत्वपूर्ण कुरा भनेको ब्याट्रीलाई तात्न नदिनु पनि हो । 

यसको अर्थ फ्रिजमा राखेर फोन चार्ज गर्नुपर्छ भन्ने होइन । तर फास्ट चार्जिङ टाइमलाई घटाउँदा कसरी ब्याट्रीको आयूमा असर परिरहेको छ भन्ने कुरा बुझ्न आवश्यक छ । हालै ओप्पोले १२५ वाटको चार्जर ल्याएको घोषणा गरेको छ । जसले १५ देखि २० मिनेटमा अहिलेका आधुनिक फ्ल्यागशिप फोनलाई फुल चार्ज गर्न सक्छ । यस्तो चार्जसँग तपाईं विशेषरुपमा सतर्क रहन जरुरी छ । 

ओप्पोले १२५ वाटको फ्ल्यास चार्ज प्रविधिको बारेमा सबै कुरा खुलस्त रुपमा बाहिर ल्याएको छैन । तर उसले उल्लेख गरेको एउटा कुरा भने याद गर्नुपर्नेछ । ओप्पोले उक्त चार्जरमा फोनको ब्याट्रीलाई ४० डिग्री सेल्सियसभन्दा कम तापक्रममा राख्ने प्रविधि डिजाइन गरिएको बताएको छ ।

साथै कम्पनीले ब्याट्री टाइपलाई सी थ्रीदेखि सिक्स सीमा परिवर्तन गर्ने पनि बताएको छ  । तर पहिले पहिले यस्तो डिजाइनलाई पावर डिस्चार्ज मापन गर्न प्रयोग गरिन्थ्यो । यद्यपी यो थर्मल प्रोटेक्सन भने होइन । 

फास्ट यूएसबी सी पीडी चार्जिङ, क्वालकम क्वीक चार्ज, वार्म चार्ज र धेरै भोल्टेज, उच्च एम्परेज र तापक्रम प्रयोग गरेर ब्याट्री चार्ज गर्ने सम्पूर्ण टर्बो पावर प्रविधि ब्याट्रीका लागि एकदमै हानिकारक हुन्छन् । 

ब्याट्री जति छिटो चार्ज हुन्छ, त्यसको क्षमतामा पनि त्यति नै छिटो ह्रास आउँछ । तर प्रयोगकर्ताको ध्यान छिटो चार्ज हुने ब्याट्री र चार्जरतिर हुँदा अहिले फोन निर्माणकर्ता कम्पनीहरु ब्याट्रीको आयूलाई बेवास्ता गर्दै चार्जर निर्माण गरिरहेका छन् । यद्यपी यसलाई सन्तुलन राख्न उनीहरुले तापक्रमलाई पनि व्यवस्थापन गर्ने प्रविधि विकास गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४