close

‘दराज महाबचत’मा उपहारैउपहार, साथमा बचत भौचरदेखि निःशूल्क डेलिभरीको सुविधा

टेकपाना टेकपाना

साउन १२, २०७७ १३:२२

‘दराज महाबचत’मा उपहारैउपहार, साथमा बचत भौचरदेखि निःशूल्क डेलिभरीको सुविधा

काठमाडौं । अनलाइन बजार दराजले ग्राहकको किनेमल अनुभवमा नयाँपन दिने योजनाका साथ ‘दराज महाबचत’ बजार अभियान सुरु गरेको छ । सोमबारबाट सुरु भएको यो अभियानमा ग्राहकले बचत भौचर, बचत अफर, निःशूल्क डेलिभरी लगायतका विभिन्न सुविधा प्राप्त गर्नेछन् ।

साउन १९ गतेसम्म लागु हुने यो सेलमा ग्राहकले चाहेको हरेक सामानमा भारी मात्रामा बचत गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाहेक, ग्राहकले ईसेवा मार्फत थप २० प्रतिशत (१००० रुपैयाँसम्म), र मेगा बैंक, सनिमा बैंक, नबिल बैंक, ग्लोबल आईएमई, माछापुछ्रे बैंक, एनएमबी बैंक लगायतका पार्टनर बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत प्रिपेमेन्ट गर्दा थप १५ प्रतिशत (२००० रुपैयाँसम्म) छूट पाउन सक्ने छन् ।

यसका साथै ग्राहकले विभिन्न उपहार समेत जित्न सक्ने बताइएको छ । जसमा सुजुकी बर्गम्यान स्ट्रिट १२५ सीसी बाइक र आईफोन एसई रहेका छन् । यसमध्ये आईफोन एसई ईसेवा र दराजद्वारा सञ्चालित वान रुपी गेम (एक रुपैयाँको खेल) मार्फत जित्न सकिनेछ ।

यसमा गेममार्फत ग्राहकहरुले सोनी एक्सन क्याम, होमग्लोरी भ्याकुम क्लीनर, र सीजी एयर कूलर लगायतका उपहार जित्न सक्ने छन् । कम्पनीका अनुसार सुजुकी, क्यालिबर, सीजी, कन्भर्स, फ्यान्टेक, होम ग्लोरी, जुआस, एलजी, लोट्टो, मन्त्र, मिडिया जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरू यसमा सहभागी छन् । त्यस्तै यो सेलमा ओरिफ्लेम, पाल्सनिक, पुलिस, रंगोली, सोपवर्क्स, सोनी, टाइटन, भ्यान्स, भिडियोकन र व्हर्लपूल समेत रहेका छन् ।

‘हालसालैका विश्व घटनाहरू पछि शपिङ सदाको लागि परिवर्तन भएको छ । यस अभियानको माध्यमबाट हामी फेरि शपिङमा रमाइलोपन ल्याउन चाहन्छौं,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिङले भने, ‘हामी केवल सुविधा र सहजता मात्र दिन खोजिरहेका छैनौं, साथमा लाइभ भिडियो, अनलाइन गेम र सामाजिक सञ्जाल प्रतियोगिता मार्फत मनोरञ्जन समेत प्रदान गर्दैछौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०