close

फेसबुकले तपाईंको गतिविधि निगरानी गर्न सक्छ, यसरी बन्द गर्नुहाेस्

टेकपाना टेकपाना

साउन १५, २०७७ १२:५८

फेसबुकले तपाईंको गतिविधि निगरानी गर्न सक्छ, यसरी बन्द गर्नुहाेस्

काठमाडाै‌ं । गत वर्ष फेसबुकले अफ फेसबुक एक्टिभिटी नामको प्राइभेसी फिचर सार्वजनिक गर्‍यो । यदि तपाईले यो फिचर अहिलेसम्म प्रयोग गर्नु भएको छैन भने यसलाई प्रयोग गर्नुहोस् । अन्य एप तथा वेबसाइटले तपाईको अनलाइन गतिविधिबारे फेसबुकलाई दिने जानकारी तथा थर्ड पार्टी एपको पहुँच तपाईंले उक्त फुचरबाट हेर्न सक्नुहुन्छ ।

यो प्राइभेसी फिचरको सहयोगबाट तपाईले आफ्नो डेटा शेयर गर्ने एप तथा वेबसाइटमा रहेको हिस्ट्रीलाई मेट्न सक्नुहुन्छ । साथै तपाईले फ्युचर अफ फेसबुक एक्टिभिटीलाई समेत टर्न अफ पनि गर्नसक्नुहुन्छ । यसो गर्दा फेसबुकले तपाईको अकाउन्टबाट कुनै जानकारीहरु शेयर गरेको छ भने त्यस्ता जानकारीहरुसँग बिच्छेद भएर बस्न फेसबुकलाई निर्देशन जान्छ ।

साथै यसबाट तपाईले कुनै निश्चित कम्पनीसँग आफ्नो डेटा शेयर गर्न चाहानुहुन्न भने त्यसलाई छुट्टै चयन गर्नसक्नुहुन्छ । यसरी त्यस्ता कम्पनीबाट तपाईलाई आउन एडहरु पनि आउन बन्द हुनेछन् । अफ फेसबुक एक्टिभिटी टूलले कसरी काम गर्छ ?फेसबुक विजनेस टूल प्रयोग गरेर कुनै पनि वेबसाइट र एपले फेसबुकलाई तपाईको कुन जानकारी पठाएको छ भने हेर्नसक्नुहुन्छ ।

त्यहाँ तपाईले आफ्नो अकाउन्टबाट जानकारीहरु मेटाउन सक्नुहुन्छ । र फ्युचर अफ फेसबुक एक्टिभिटीलाई टर्न अफ गर्नसक्नुहुन्छ । यसरी तपाईले सबै एप र वेबसाइटलाई नियन्त्रण गर्नसक्नुहुन्छ ताकी तिनीहरुले फेसबुकलाई कुनै पनि सर्च एक्टिभिटी शेयर गर्न नपाउन् ।यो सुरु गर्न सबैभन्दा पहिले सेटिङ एण्ड प्राइभेसी मा जानुहोस् ।

त्यसपछि सेटिङ हुँदै, योर फेसबुक इन्फर्मेसन र अफ फेसबुक एक्टिभिटीमा जानुहोस् । यसरी तपाईले आफ्नो अफ फेसबुक एक्टिभिटी व्यवस्थापन गरी हिस्ट्री क्लियर गर्ने र भविष्यमा हुने कुनै पनि एक्टिभिटीलाई टर्न अफ गर्नसक्नुहुन्छ ।

अफ फेसबुकले एक्टिभिटी म्यानेजलाई टर्न अफ गर्दा के हुन्छ ?तपाईले एकपटक यो प्राइभेसी टूलबाट एक्टिभिटी म्यानेजलाई क्लियर गरिसकेपछि एप तथा वेबसाइटले शेयर गर्ने तपाईको जानकारीलाई फेसबुकले चिनेर हटाइदिन्छ । यसरी तपाईले कुन वेबसाइट हेर्नु भयो भन्ने कुरा फेसबुकले थाहा पाउन सक्दैन ।

यसरी तपाईलाई ती साइटहरुले लक्षित विज्ञापनबाट तनाव दिदैँन ।तपाईले अरु के गर्नसक्नुहुन्छ ?यदि तपाई फेसबुकमा आफूलाई उपयुक्त हुने एड हेर्न र मन नपरेको एडबाट मुक्ति पाउन चाहानुहुन्छ भने फोनको सेटिङ मा जानुहोस् त्यहाँ एड प्रिफरेन्सेस चयन गर्नुहोस् ।कुन एड्भर्टाइजरले तपाईको जानकारी सुहाउँदो विज्ञापन तपाईको फेसबुक वालमा पठाइरहेको छ भन्ने कुरा तपाईले हेरेर थाहा पाउन सक्नुहुन्छ ।

तपाईले कम्पनीलाई चयन गरेर त्यहाँ रहेको डन्ट अलाउ चयन गर्नु भयो तपाईले त्यस्ता विज्ञापनहरु अर्को पटकदेखि देख्नुहुँदैन ।साथै तपाई एड सेटिङमा गएर साझेदारबाट प्राप्त डेटामा आधारित एड, फेसबुक कम्पनीको प्रोडक्टमा पाइएको तपाईको एक्टिभिटीमा आधारित साथै तपाईको सामाजिक गतिविधिमा आधारित डेटा समावेश भएका एडलाई टर्न अफ गर्न सक्नुहुन्छ ।

तर यसो गर्दैमा तपाईको डेटा मेटिन्छ भन्ने हुँदैन । यसो गरिसकेपछि पनि तपाईकहाँ पहिले जतिकै संख्यामा एड आउँछन् । यो अफ फेसबुक एक्टिभिटी फिचर तपाईको डेटा हटाउने सबैभन्दा उत्कृष्ट फिचर हो

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०